विदुरको पृथ्वी र युनाइटेड विद्यालयमा निशुल्क सेनेटरी प्याड पाइने

विदुर खबर २०७६ जेठ २८ गते १:४५

नुवाकोट जेठ २८,विदुर नगरपालिका वडा नम्बर ४ को दुई सार्वजनिक विद्यालयमा निशुल्क सेनेटरी प्याट वितरण गरिएको छ ।
विदुर नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा पृथ्वी माध्यामिक विद्यालय र युनाईटेड आधारभुत विद्यालयमा निशुल्क सेनेटरी प्याडको व्यवस्था गरिएको विदुर नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयले जानकारी दिएको छ । विद्यालयमा छात्राहरुको संख्यामा कमि आएको भन्दै उनीहरुलाई प्रोत्साहन गर्न र महिनावारीको समयमा पनि विद्यालय आउने वातावरण बनाउन विद्यालयमा सेनेटरी प्याड वितरणको व्यवस्था मिलाइएको वडाअध्यक्ष टलकमान श्रेष्ठले जानकारी दिए । वडाअध्यक्ष श्रेष्ठले वडा कार्यालयले प्रजनन स्वास्थ्यलाई प्रर्वदन गर्न विद्यालयमै सेनेटरी प्याडको व्यवस्था मिलाएको बताए ।
पृथ्वी मावि र युनाईटेड आधारभुतमा गरि प्रति महिना दुई सयसम्म प्याडको खपत हुने वडा कार्यालयले जनाएको छ । पृथ्वीमा प्रतिदिन १२ देखि १५ ओटा र युनाईटेड आधारभुत विद्यालयमा प्रतिदिन ५ देखि ७ ओटा प्याडको प्रयोग हुने बताइएको छ । यी दुई विद्यालय परिक्षण्को रुपमा लिएको यो कायक्रमले सफलता प्राप्त गरेका आगामी दिनमा अन्य विद्यालयमा समेत प्याडको व्यवस्था मिलाइने विदुर नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयले जानकारी दिएको छ ।

Advertisement

प्रतिक्रिया