सरकारलाई संसदीय समितिको झड्का, लोकसेवाको विज्ञापन उद्ध गर्न निर्देशन
विदुर खबर
२०७६ जेठ २७ गते ५:२८

नुवाकोट जेठ २७, लोकसेवा आयोगले केही दिनअघि नौ हजार कर्मचारीका लागि खोलेको लोकसेवाको विज्ञापन रद्द गर्न संसदीय समितिले निर्देशन दिएको छ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकले लोकसेवाले खोलेको ९ कर्मचारीको विज्ञापन समावेशी नभएको भन्दै रद्द गर्न निर्देशन दिएको हो ।
समितिकी सभापति शशी श्रेष्ठले लोकसेवा आयोगले जेठ १५ गते ९ हजार कर्मचारीका लागि खोलेको विज्ञापन संविधानको धारा २९३ अनुसार नभएकोले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई तत्काल रद्द गर्न निर्देश दिएकी हुन् ।
सम्बन्धित
प्रतिक्रिया