नुवाकोट गोल्डकप : सेमिफाईनल प्रवेशको लागि मनाङ र च्यासल युथ क्लबबीच प्रतिष्पर्धा हुँदै

विदुर खबर २०७६ जेठ २७ गते २:१७
फाईल फोटो

                                                                                            फाईल फोटो

नुवाकोट जेठ २७, नुवाकोटमा जारी दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत आज चौथो क्वाटरफाईनलमा लिग च्याम्पियन मनाङ र च्यासल युथ क्लबबीच प्रतिष्पर्धा हुँदै छ ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा दिउँसो ४ बजे हुने खेलमा लिग च्याम्पियन मनाङ उच्च मनोवल लिएर मैदानमा उत्रिने छ । रााष्ट्रिय टिमका अधिकांश खेलाडी रहेको मनाङ सुखद नतिजा निकाल्दै प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गर्न चाहान्छ । मनाङको लागि मैदान नयाँ भएपनि उसका अधिकांश खेलाडीले पहिलो नुवाकोट गोल्डकप खेलिसकेको हुनाले खेलाडीको लागि मैदान नयाँ भने हुने छैन ।

त्यस्तै नुवाकोट गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको च्यासल युथ क्लब पनि प्रतियोगितामा उत्कृष्ठ शुरुवात गर्दै सेमिफाईनल प्रवेश गर्न चाहान्छ । आजको विजेताले संकटा क्लबसँग बुधबार फाइनल प्रवेशको लागि खेल्नेछ । १० टोली सहभागि भएको प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछन । यसअघि प्रतियोगिताको सेमिफाईनलमा घरेलु टोली नुवाकोट ११, संकटा र नेपाल पुलिस प्रवेश गरिसकेका छन । प्रतियोगिता आगामी जेठ ३१ गतेसम्म संचालन हुने छ ।

Advertisement

प्रतिक्रिया