आज दिउँसो मेघ गर्जनसहित वर्षाको सम्भावना,सचेत रहन आग्रह
नुवाकोट जेठ २७, सोमबार दिउँसो पूर्वी तथा मध्य भागलगायत पश्चिमी पहाडी क्षेत्रहरुमा सामान्य तथा अन्य क्षेत्रमा आंशिक वदली रहने सम्भावना छ ।
त्यस्तै पूर्वी तथा मध्य भागका केही र पश्चिमी भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । सोमबार राति पनि पूर्वी तथा मध्य भागका केही र पश्चिमी भागका थोरै स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मंगलबार दिउँसो मुलुकभर नै वदली रहने र केही स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ । मंगलबार राति पनि देशभर आंशिक वदली हुने तथा केही स्थानहरुमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । बुधबार दिउँसो पनि देशैभर आंशिक वदली हुने र केही स्थानमा मेघ गर्जन तथा हावाहुरीसहितको वर्षाको सम्भावना छ । महाशाखाका अनुसार बुधबार रातिको मौसमको अवस्था पनि उस्तै छ । बुधबार राति देशैभर आंशिक वदली रहने र केही स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया