नुवाकोट गोल्डकप : आर्मीमाथी संकटाको संघर्षपुर्ण जित
नुवाकोट जेठ २५, नुवाकोटमा जारी दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत आज भएको दोस्रो क्वाटरफाइनलमा नेपाल आर्मीमाथि संकटा क्लबले संघर्षपुणै जित निकालेको छ ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा शनिवार अवेर सम्पन्न खेलमा आर्मीमार्थि संघर्षपुर्ण ०–२ जित निकाल्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो । निकै प्रतिष्पर्धात्मक खेलमा पाएको मौकाको सदुपयोग गर्न नसक्दा आर्मी पहिलो खेलबाटै घर फर्कनु परेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको खेलमा आर्मीले आफ्नो दबदवा कायम गरेपनि गोल गर्न सकेन ।
संकटाको लागि जर्सी नं १६ का लक्ष्मण रुचालले खेलको ४५ औ मिनेट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि लगातार संकटाको पोष्टमा आक्रमण गरेको आर्मीको प्रयास असफल भएको थियो । निर्धारित समयको तेस्रो मिनेटमा संकटाको लागि पुन रुचालले गोल गर्दै संकटाको जित निश्चित पारे । खेलमा २ गोल गरेका रुचाल नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार र ट्रफी हात पारे । सेमिफाईनल प्रवेश गरेको संकटाले फाईनल प्रवेशको लागि मनाङ र च्यासल क्लबबीचको विजेतासँग प्रतिष्पर्भा गर्नेछ । प्रतियोगिता अन्र्तगत आइतबार दुई विभागिय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच प्रतिष्पर्धा हुनेछ ।
जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटवल संघको आयोजनामा तथा विदुर नगरपालिकाको संरक्षकत्वमा भएको प्रतियोगितामा नुवाकोट ११, विभागिय टोलीहरु नेपाल पुलिस,शसस्त्र प्रहरी बल र नेपाली आर्मी क्लबले सहभागिता जनाएका छन । त्यस्तै ए डिभिजनका क्लबहरु मनाङ, संकटा, च्यासल युथ क्लबल, चितवन ११, विजय युथ हेटौडा र काठमाणडौको दिपशिखा युवा समुहसहित १० टोलीले सहभागिता जनाएका छन । प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन । प्रतियोगिता आगामी जेठ ३१ गतेसम्म सन्चालन हुने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया