नुवाकोट गोल्डकप : सेमिफाइनल प्रवेशको लागि नुवाकोट ११ र हेटौडा भिँड्दै
नुवाकोट जेठ २४, नुवाकोटमा जारी दास्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत आज सेमिफाईनल प्रवेशको लागि घरेलु टोली नुवाकोट ११ विरुद्ध हेटौडा फुटवल क्लब प्रतिष्पर्धा गर्दै छन ।
१० टिम सहभागि प्रतियोगितामा नुवाकोट ११ ले काठमाण्डौको दिपशिखा युवा समुहलाई प्रि क्वाटलफाईनलमा ०–५ गोल अन्तरले पराजित गदै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने हेटौडा एफसी सिधै क्वाटरफाइनलमा प्रवेश गरेको हो । यसअघिको खेलमा उत्कृष्ठ प्रर्दशन गरेको नुवाकोट ११ उच्च मनोवलको साथ मैदानमा उत्रिँदैछ । हेटौडा एफसी पनि प्रतियोगितमा उत्कृष्ठ प्रर्दशन गरि जितको खोजिमा हुनेछ ।
जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटवल संघको आयोजनामा तथा विदुर नगरपालिकाको संरक्षकत्वमा भएको प्रतियोगितामा नुवाकोट ११, विभागिय टोलीहरु नेपाल पुलिस,शसस्त्र प्रहरी बल र नेपाली आर्मी क्लबले सहभागिता जनाएका छन । त्यस्तै ए डिभिजनका क्लबहरु मनाङ, संकटा, च्यासल युथ क्लबल, चितवन ११, विजय युथ हेटौडा र काठमाणडौको दिपशिखा युवा समुहसहित १० टोलीले सहभागिता जनाएका छन । प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन । प्रतियोगिता आगामी जेठ ३१ गतेसम्म सन्चालन हुने बताइएको छ
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया