यसरी बन्दैछ प्रदेश नं ३ अब्बल, सबै कुरामा अगाडी

विदुर खबर २०७६ जेठ २३ गते ५:१२

नुवाकोट जेठ २३,काठमाडौंसहित १३ जिल्लालाई समेटेर स्थापना भएको प्रदेश ३ देशकै महŒवपूर्ण प्रदेश हो । यो प्रदेशमा स्रोत, साधन र विकासका हिसाबले अग्रणी मानिन्छ । कृषि, उद्योग, पर्यटनमा अन्य प्रदेशभन्दा धेरै सम्भावना रहेको छ । सम्भावना मात्र होइन, अहिले पनि यो क्षेत्रमा अरू प्रदेशमा भन्दा अब्बल रहेको तथ्यांकले पुष्टि गर्दछ ।

Advertisement

प्रदेश ३ विदेशी पर्यटक भित्रिने मुख्य प्रवेशद्वारका रूपमा छ । विदेशबाट नेपाल आउने पर्यटकलाई सबैभन्दा पहिला प्रदेश ३ ले स्वागत गर्दछ । पर्यटकको लामो बसाइ व्यवस्थापनमा पनि यो प्रदेशको भूमिका छ । प्रदेश ३ को विकासको मुख्य आधारमा पर्यटन पनि अग्रस्थानमा आउँछ । प्रदेश सरकार र प्रदेश नीति तथा योजना आयोगले पनि विकासको आधारपत्रमा पर्यटनलाई प्राथमिकतामा राखेको छ । नेपाल सरकारको २०२० सम्ममा वार्षिक २० लाख पर्यटक भिœयाउने लक्ष्य हासिल गर्न सबैभन्दा बढी योगदान प्रदेश ३ को हुने देखिन्छ ।

प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक पर्यटनमा अब्बल रहेको यो प्रदेश कला र संस्कृतिको परिचायक पनि हो । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटा पर्यटन क्षेत्र आय, सञ्चिति, पुँजी निर्माण, रोजगारी, विदेशी मुद्रा सञ्चिति र पूर्वाधार निर्माणका दृष्टिले प्रदेश अर्थतन्त्रको एक प्रमुख आधार भएको बताउँछन् । प्रदेश सरकारले पर्यटन क्षेत्रलाई विकासको आधारका रूपमा उल्लेख गरेअनुरूप उपयोग गर्न सकेको भने छैन । नीति र कानुनको अभावमा अहिले पनि प्रदेश सरकारको काम उपब्धिमूलक देखिँदैन । यो समाचार आजको राजधानी दैनिक खबर  छ ।

Advertisement

प्रतिक्रिया