यस्तो देखियो इदुल्ल फित्रको रौनक त्रिशुलीको मस्जिदमा

विदुर खबर २०७६ जेठ २३ गते १:४३

नुवाकोट जेठ २३, इस्लाम धर्मावलम्बीहरूको प्रमुख चाड ‘इद उल फित्र’को अवसरमा बुधबार त्रिशुलीमा रहेको त्रिशुली मस्जिदमा रोजाले रौनक छाएको छ ।

Advertisement

विदुर नगरपालिका वडा नम्बर १ को त्रिशुलीमा रहेको मस्जिदमा ईसाई धर्मावलम्बीहरुले ‘इद उल फित्र’ मनाएका हुन ।
‘इद उल फित्र’को अवसरमा एक महिना कठोर व्रत गरेर पाठ पढ्ने चलन रहेको मस्जीद संचालक तथा मुस्लीम धर्मगुरु अब्दुलरह कस्मिरले बताए । ‘इद उल फित्र’मा इस्लाम धर्मावलम्बीले वर्षभरिमा गरेको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ ‘कुरान’मा उल्लेख भएको उनले बताए । दान पावत बाँडिएको नगद र जिन्सीलाई जकात भनिने गरिन्छ । गरिब, दीनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यो महिनाको व्यवस्था गरेको धर्मगुरु कस्मिरले जानकारी दिए ।

‘इद उल फित्र’मा पवित्र भई नयाँ नयाँ सफा पवित्र लुगा लगाई मस्जिदमा गएर नमाज पढ्ने परम्परा रहेको छ । नमाजपछि ईदको बिषेश परिकार सेवईका साथै अन्य परिकारहरु खाएर शुभकामना सहित पाहुनाहरुलाई स्वागत गर्ने प्रचलन रहेको छ ।
देश धर्म निरपेक्ष भएपनि सरकारले सबै समुदायलाई समान रुपले व्यवहार गर्नुपर्ने नमाज पढ्दै गर्दा भेटिएका मोदराज इराकीले बताए । उनले मुस्लिमहरुले सरकारले आफुहरुलाई उपेच्छा गरेको गुनासो गरे । पछिल्लो समय स्थानिय सरकारहरु गाउँगाउँमा स्थापना भएपनि आप्नो समुदायलाई सहयोग नगरेको मुस्लिम धर्मावलम्बीहरुले गुनासो पोखेका छन ।

Advertisement

प्रतिक्रिया