नुवाकोटमा पनि वृक्षारोपण गरि वातावरण दिवस मनाइयो
नुवाकोट जेठ २३ “संवृद्धिको लागि वन” भन्ने नाराका साथ नुवाकोटमा पनि विश्व वातावरण दिवस बुभबार विभिन्न स्थानमा वृक्षारोपण गरि मनाइएको छ । दिवसको अवसरमा नुवाकोटको विभिन्न स्थानमा वृक्षारोपण गरिएको छ ।
दिवसको अवसरमा विदुर नगरपालिका वडा नम्बर २ भिमसेन मावि, वडा नम्बर ५ च्वाडी मावि माझिटार, वागवानी कार्यालय, सशस्त्र प्रहरी , जिल्ला वन कार्यालय र अन्य विभिन्न संघसंस्थाले दिवसको अवसरमा वृक्षारोपण गरेको जिल्ला वन कार्यालयले जनाकारी दिएको छ । जिल्ला वन कार्यालयका सुचना अधिकारी तथा रेन्जर लोकनाथ न्यौपानेका अनुसार विभिन्न दिवसको अवसर पारेर विभिन्न स्थानमा दुईसय ७० भन्दा बढी रुख रोपिएको छ । न्यौपानेले जिल्ला प्रहरी कार्यालयको आयोजनामा च्वाडी माविमा धुपी,लप्सी,बडहर र कपुर गरि एकसय रुख रोपेको जानकारी दिए । त्यस्तै शसस्त्र प्रहरीले पनि ककनी र विदुरमा सल्लो धुपी र चाँपको एकसय रुख रोपेको बताए । वृक्षारोपण कार्यक्रममा जिल्ला वन कार्यालयका प्रमुख जय मंगल प्रसादले वातावरणको सन्तुलन कायम गर्न रुखले महत्वपुर्ण भुमिका खेलेको भन्र्दैरुख रोप्नलाई प्रत्साहन गर्नुपर्ने बताए ।
त्यस्तै नुवाकोटका प्रहरी उपरिक्षक कृष्ण पल्लीमगरले पछिल्लो मिय रुख कटानी बढेकोले त्यसको निरन्तर वृक्षारोपण गरे मात्र त्यसको पुर्ति हुने बताए । त्यस्तै वाराही सामुदायिक वन उपभोत्ता समितिका अध्यक्ष भुवनलाल राजभण्डारीले पछिल्लो समय रुख रोप्ने परम्परामा कमि आएको भन्दै प्रत्येक व्यक्तिले आफ्नो जन्मदिनको अवसरमा रुख रोपेमा वातावरणलाई स्वस्च्छ बनाउन सकिने बताए । कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा
एसईको नतिजा सार्वजनिक, ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण
नुवाकोटमा महुली लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
नुवाकोट मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
नुवाकोट क्रसर उद्योग संघको अध्यक्षमा चित्रकार





प्रतिक्रिया