नुवाकोटमा पनि वृक्षारोपण गरि वातावरण दिवस मनाइयो

विदुर खबर २०७६ जेठ २३ गते १:३९

नुवाकोट जेठ २३ “संवृद्धिको लागि वन” भन्ने नाराका साथ नुवाकोटमा पनि विश्व वातावरण दिवस बुभबार विभिन्न स्थानमा वृक्षारोपण गरि मनाइएको छ । दिवसको अवसरमा नुवाकोटको विभिन्न स्थानमा वृक्षारोपण गरिएको छ ।

Advertisement

दिवसको अवसरमा विदुर नगरपालिका वडा नम्बर २ भिमसेन मावि, वडा नम्बर ५ च्वाडी मावि माझिटार, वागवानी कार्यालय, सशस्त्र प्रहरी , जिल्ला वन कार्यालय र अन्य विभिन्न संघसंस्थाले दिवसको अवसरमा वृक्षारोपण गरेको जिल्ला वन कार्यालयले जनाकारी दिएको छ । जिल्ला वन कार्यालयका सुचना अधिकारी तथा रेन्जर लोकनाथ न्यौपानेका अनुसार विभिन्न दिवसको अवसर पारेर विभिन्न स्थानमा दुईसय ७० भन्दा बढी रुख रोपिएको छ । न्यौपानेले जिल्ला प्रहरी कार्यालयको आयोजनामा च्वाडी माविमा धुपी,लप्सी,बडहर र कपुर गरि एकसय रुख रोपेको जानकारी दिए । त्यस्तै शसस्त्र प्रहरीले पनि ककनी र विदुरमा सल्लो धुपी र चाँपको एकसय रुख रोपेको बताए । वृक्षारोपण कार्यक्रममा जिल्ला वन कार्यालयका प्रमुख जय मंगल प्रसादले वातावरणको सन्तुलन कायम गर्न रुखले महत्वपुर्ण भुमिका खेलेको भन्र्दैरुख रोप्नलाई प्रत्साहन गर्नुपर्ने बताए ।

त्यस्तै नुवाकोटका प्रहरी उपरिक्षक कृष्ण पल्लीमगरले पछिल्लो मिय रुख कटानी बढेकोले त्यसको निरन्तर वृक्षारोपण गरे मात्र त्यसको पुर्ति हुने बताए । त्यस्तै वाराही सामुदायिक वन उपभोत्ता समितिका अध्यक्ष भुवनलाल राजभण्डारीले पछिल्लो समय रुख रोप्ने परम्परामा कमि आएको भन्दै प्रत्येक व्यक्तिले आफ्नो जन्मदिनको अवसरमा रुख रोपेमा वातावरणलाई स्वस्च्छ बनाउन सकिने बताए । कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया