दोस्रो नुवाकोट गोल्डकप २o७६, आजको खेल : संकटाविरुद्ध चितवन ११


फाईल फोटो
नुवाकोट जेठ २३, नुवाकोटमा जारी दोस्रो नुवाकोट गोल्डकप २o७६ फुटवल प्रतियोगिता अन्र्तगत आजको खेलमा ए डिभिजन क्लब संकटा विरुद्ध चितवन ११ बीच प्रतिपष्र्धा हुँदैछ ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा दिउँसो हुने खेलमा ए डिभिजनको क्लब संकटा उच्च मनोवलका साथ मैदानमा उत्रिदैछ । यता पहिलो नुवाकोट गोल्डकप र नगर मेयरकप फुटवल प्रतियोगितामा समेत सहभागिता जनाएको चितवन ११ प्रतियोगितामा सुखद शुरुवात गर्न चाहान्छ । नुवाकोटमा भएको दुईओटा सहभागितामा राम्रो नतिजा निकाल्न असफल चितवन आज राम्रो नतिजाको खोजीमा हुनेछ ।
जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटवल संघको आयोजनामा तथा विदुर नगरपालिकाको संरक्षकत्वमा भएको प्रतियोगितामा नुवाकोट ११, विभागिय टोलीहरु नेपाल पुलिस,शसस्त्र प्रहरी बल र नेपाली आर्मी क्लबले सहभागिता जनाएका छन । त्यस्तै ए डिभिजनका क्लबहरु मनाङ, संकटा, च्यासल युथ क्लबल, चितवन ११, विजय युथ हेटौडा र काठमाणडौको दिपशिखा युवा समुहसहित १० टोलीले सहभागिता जनाएका छन ।
प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन । प्रतियोगिता आगामी जेठ ३१ गतेसम्म सन्चालन हुने बताइएको छ । प्रतियोगिता अन्र्तगत आजको खेलमा काठमाण्डौको संकटा क्लब र चितवन ११ बीच प्रतिष्पर्धा हुनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया