ब्रेन ट्युमरका यी हुन् सामान्य १० लक्षण

विदुर खबर २०७४ फागुन १९ गते १३:२१

कहिलेकाहीँ टाउको दुख्नु स्वाभाविक हो । तर तपाईंलाई बारम्बार टाउको दुखिरहेको त छैन ? यदि छ भने, जचाइहाल्नुस् । त्यो गम्भीर समस्या हुनसक्छ । बारम्बार टाउको दुख्नु ब्रेन ट्युमरको संकेत पनि हुनसक्छ ।

Advertisement

ब्रेन ट्यूमर एक गम्भीर समस्या हो । समयमै रोग पत्ता लागेर उपचार भएको खण्डमा यो रोग निको हुन्छ । उपचारमा भएको थोरै मात्र ढिलाइले ज्यानसमेत जानसक्छ ।

विशेषगरी, ब्रेन ट्युमर भएमा मस्तिष्कको एउटा कोषिका वा अन्य थुप्रै कोषिका असामान्य रुपले बढ्न थाल्छन्, जसका कारण अन्य कोषिका क्षतिग्रस्त हुन थाल्छन् ।

Advertisement

कुनै ब्रेन ट्युमर वंशाणुगत कारणले हुनसक्छ भने कुनै रेडियसनमा एक्सपोज हुनाले पनि हुनसक्छ । सुरुवाती अवस्थामै यसको पहिचान भएको खण्डमा यो रोग पूर्णतया निको पार्न सकिने भएकाले यसको लक्षणबारे गहिराइमा बुझ्न आवश्यक छ ।

टाउको दुख्नु

Advertisement

टाउको दुख्नु ब्रेन ट्युमरको सबैभन्दा पहिला तथा सामान्य लक्षण हो । ब्रेन ट्युमर भएमा सुरु-सुरुमा टाउको दुख्ने समस्या बिहानको समयमा बढी हुने गर्छ र पछि लगातार हुने गर्छ । यस्तो दुखाइ कयौंपटक यति धेरै हुन्छ कि मानिसले आफ्नो मानसिक सन्तुलन नै गमाउन सक्छ । यदि तपाईलाई पनि लगातार टाउको दुख्छ भने एकपटक अवश्य चिकित्सकलाई जचाउनुस् ।

उल्टी आउनु तथा खान मन नलाग्नु

ब्रेन ट्युमरको अर्को लक्षण भनेको वान्ता हुनु हो । कहिलेकाहीँ टाउको दुख्नाले दिनभर केही खान मन लाग्दैन । टाउको दुख्ने समस्या झैं वान्ता हुने समस्या पनि सुरुसुरुमा विहानको समयमा धेरै हुने गर्छ । तर पछिपछि भएपछि यो समस्या बढ्दै जान्छ ।

शरीर असन्तुलित हुनु

ब्रेन ट्युमर भएमा अक्सर रिङ्गटा लाग्ने गर्छ । कहिलेकाहीँ धेरै रिङ्गटा लागेमा मानिस ढल्नेसमेत गर्छ । विशेषगरी ट्युमर सेरिबेलममा भएमा यसले शारीरिक सन्तुलनलाई प्रभावित पार्ने गर्छ, जसले गर्दा कयौंपटक हिँड्दा हिँड्दै शरीरको सन्तुलन विग्रेर मानिस ढल्ने गर्छ ।

मुर्छा पर्नु

ब्रेन ट्युमरका कारण जब कोषिकाले मस्तिष्कभित्र आफ्ना जालो विछ्याउन थाल्छ वा फैलिन थाल्छ तब यसले वरिपरिका कोषिकालाई समेत प्रभावित पार्ने गर्छ । जसका कारण विरामी बारम्बार मुर्छा पर्ने तथा बेहोश हुने गर्दछ ।

हात खुट्टामा ऐठन महसुस हुनु

ट्युमरको कोषिका जब प्याराइटल लोबमा हुन थाल्छ, तब मानिसको हात तथा खुट्टामा अचानक ऐठन हुन सुरु हुन्छ । उसलाई आफ्नो शरीरका सबै अंग निस्कृय हुन थालेको महसुस हुन्छ । यो प्यारालाइसिस हुनु पूर्वको अवस्था हो ।

प्यारालाइसिस महसुस हुनु

ब्रेन ट्युमरका कारण कयौंपटक मानिसको शरीरका विभिन्न अंगहरुबाट मस्तिष्कको कन्ट्रोल टुट्ने गर्छ । जसका कारण उसलाई ति अंगको संवेदनशीलता महसुस हुन सक्दैन । विरामीलाई प्यारालासिस वा पक्षघात भएजस्तो महसुस हुन्छ । यस्तो परिस्थितिमा हात तथा खुट्टाले काम गर्न बन्द गर्छ । यो स्थिति त्यतिबेला पैदा हुन्छ, जब मानिसको मस्तिष्कको प्याराइटल लोबमा ट्यूमर हुने गर्छ ।

बोल्नमा समस्या

मस्तिष्कले शरीरका हरेक अंगलाई नियन्त्रण गर्दछ । त्यसैले, ट्युमरको कोषिका जुनसुकै कोषिकाको सम्पर्कमा आएपनि त्यसले उक्त कोषिकालाई प्रभावित पार्ने गर्दछ । यसैगरी, जब यी कोषिका ट्यापोरल लोबमा प्रवेश गर्छन्, तब व्यक्तिलाई बोल्नमा समस्या हुन्छ । यही कारण व्यक्तिको आवाज हराउनुका साथै उनीहरुको मुखसमेत बाङ्गनिे गर्छ ।

स्वभावमा परिवर्तन

ब्रेन ट्युमरका कारण हाम्रो अंग तथा मानसिक अवस्थामा मात्र नभइ स्वभावसमेत प्रभावित हुने गर्छ ।

ट्युमर अगाडिको लोबमा पुगेमा त्यसले व्यक्तिको स्वभावमा समेत परिवर्तन ल्याउँछ । व्यक्तिले आफ्नो व्यवहारलाई नियन्त्रण गर्न सक्दैन, जसका कारण उसमा चिडचिडापन तथा उदासी आउने गर्छ ।

सुन्नमा कठिनाइ

ब्रेन ट्यूमर जब व्यक्तिको ट्यापोरल लोबमा पुग्दछ, तब यसले बोल्नमा मात्र नभई सुन्नमासमेत समस्या उत्पन्न गराउँछ । कयौंपटक त कानको जाली पनि फाटे झैं महसुस हुन्छ ।

कमजोरी महसुस हुनु

ब्रेन ट्युमरको सुरुवाती लक्षणमा टाउको दुख्नुका साथै कमजोरी महसुस हुनथाल्छ । जब मस्तिष्कमा ट्युमर पलाउन थाल्छ, तब वरिपरिका कोषिका प्रभावित हुन थाल्छन् । जसका कारण टाउको दुख्नुका साथै सम्पूर्ण शरीर कमजोर भएको महसुस हुन थाल्छ

प्रतिक्रिया