नुवाकोटमा गणतन्त्र दिवस भव्य रुपमा मनाईने

विदुर खबर २०७६ जेठ १३ गते १४:०५

नुवाकोट जेठ १३, नुवाकोटमा पनि १२ औ गणतन्त्र दिवस भव्य रुपमा मनाईने भएको छ ।

Advertisement

दिवस मनाउनको लागि जिल्ला समन्वय समति नुवाकोटका प्रमुख सन्तामान तामाङको अध्यक्षतामा गणतन्त्र मूल समारोह समिति गठन गरिएको छ । समारोह समितिका सदस्यहरुमा विदुर नगरपालिकाका प्रमुख,जिल्ला समन्वय समितिका उपप्रमुख ,जिल्ला न्यायधिश,प्रमुख जिल्ला अधिकारी,महासेनानी,जिल्ला समन्वय अधिकारी,प्रमुख सेनानी, जनपथ प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख, संवैधानिक अङ्ग, राजनितिक दलहरु समेटेर जिल्लास्तरीय गणतन्त्र दिवस २०७६ मूल समारोह समिति गठन गरिएको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तामाज तामाङले जानकारी दिए । त्यस्तै समितिका अन्य सदस्यहरुमा सरकारी कार्यालयका प्रमुख,सामाजिक संघसस्था,उद्योग वााण्ज्यि संघ, चेम्बर अफ कर्मस,गैसस महासंघ,पत्रकार महासंघ, नागरिक समाज,नागरिक अगुवा लगायत रहेका छन । त्यसतै स्थानिय तहका प्रमुखहरुको अध्यक्षतामा स्थानियतह स्तरीय गणतन्त्र दिवस मुल समारोह समितिगठन गरी भव्य रुपमा मनाउन समेत अनुरोध गर्ने बताइएको छ ।

समितिको आईतबार बसेको निर्णयले जेठ १४,१५ र १६ गते साँझ जिल्लामा रहेका मठ मन्दिर, मस्जिद, गुम्बा र चैतेहरुमा दिपावली गर्ने निर्णय समेत गरेको छ । त्यस्तै १४ गते मंगलबार विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको जालपादेवि मन्दिर परिसरमा सरसफाई गर्ने र १५ गते बुधबार विहान ७ बजे बाजागाँजासहित विदुर नगरपालिका वडा नम्बर ४ सिमचौरमा रहेको प्रस्तावित गणतन्त्र पार्कमा वृक्षारोपण गर्ने कार्यक्रम रहेको जिसस प्रमुख तामाङले बताए । पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा गरे अनुसार जेठ १५ लाई हरेक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।

Advertisement

प्रतिक्रिया