हेटौडामा ट्रक जलाईयो,प्रेसर कुकर बमसहित कोटेश्वरबाट सात कार्यकर्ता पक्राउ
नुवाकोट जेठ १३, प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव माओवादीले सोमबार आह्वान गरेको नेपालबन्दको अवज्ञा गरेको भन्दै हेटौडामा एउटा ट्रकमा आगनी भएको छ ।
त्रिभुवन राजपथ अन्तरगत हेटौंडाको चौकिटोलमा प्रहरी चौकि नजीकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले बताए । आगजनीका कारण गाडीका सबै भाग जलेका छन् ।
यसैगरी बन्दको पूर्ब सन्ध्यामा आज बिहान १ बजेको समयमा हेटौंडाको बुद्धचोक नजिक प्रेसरकुकर बम राखिएको थियो । बम राखेको थाहा पाउने बित्तीकै प्रहरीले नेपाली सेनालाई खबर गरेर बिहान ५ बजेतिर बम डिस्पोज गरिएको उनले बताए । सेनाको टोलीले प्रेशसरकुकर बम डिस्पोज गर्दा ठुलो आवाज आउदा स्थानीय वासिन्दाहरु तर्सिएका थिए । बिप्लपको बन्दका क्रममा हेटौंडा बजार पुरै सुनसान बनेको छ ।
यसैबिच ४ प्रेसर कुकर बमसहित विप्लव माओवादीका ७ जना कार्यकर्ता काठमाण्डौको कोटेश्वरबाट पक्राउ परेका छन । उनीहरुबाट गोली बनाउने विभिन्न किसिमका बारुद्ध समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि अनुसन्भान थालिएको महानगरिय प्रहरी प्रभाग काठमाण्डौले जानकारी दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया