प्रदेश ३ को नाम गौरीशङ्कर राख्नुपर्ने बहस
नुवाकोट जेठ १३, देश नं ३ को नाम ‘गौरीशङ्कर’ राख्नुपर्ने प्रस्तावमाथि बहस शुरु भएको छ ।
प्रदेशसभा सदस्य विशाल खड्काले उक्त प्रदेशको नामकरण गौरीशङ्कर राख्नुपर्ने प्रस्ताव प्रदेशसभामा दर्ता गराएपछि नामकरणका विषयमा बहस शुरु भएको हो । प्रदेश ३ का प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदले सो प्रदेशको नाम गौरीशङ्कर राख्नपर्ने प्रस्तावमा आज आयोजित कार्यक्रममा हिमालको नामबाट नामकरण गर्दा उपयुक्त हुने विज्ञ तथा सांसदले सुझाव दिएका छन् । प्रदेश ३ का प्रदेशसभा सदस्य पूर्वमन्त्री राजेन्द्र पाण्डेले नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रियजगत्मा अझै परिचित गराउन पनि प्रदेश ३ को नाम गौरीशङ्कर राख्न उपयुक्त हुने धारणा राख्नुभयो ।
उहाँले सात वटा प्रदेशमध्ये अन्य प्रदेशले हिमालको नामबाट नामकरण नगरेको हुँदा प्रदेश ३ को नामकरण हिमालको नामबाट राख्न उपयुक्त हुने देखिएको तर्क राख्नुभयो । प्रस्तावक विशाल खड्काले नेपालको पहिचान हिमाल पनि भएकाले आफूले प्रदेश ३ को नामकरण गौरीशङ्कर हिमाल राख्न उपयुक्त हुने प्रस्ताव प्रदेशसभामा पेश गरेको स्पष्ट पार्नुभयो । उहाँले प्रदेश ३ हिमालय शृङ्खलाको बाहुल्यता रहेकोे प्रदेश भएकाले पनि यहाँका सबै समुदायको साझा प्रस्तावका रुपमा गौरीशङ्कर हिमाललाई अघि सारिएको बताउनुभयो । सोही प्रदेशसभा सदस्य पशुपति चौलागाईंले पनि प्रदेश ३ को नामकरण गौरीशङ्कर नै राख्नुपर्ने र यसले धार्मिक, सांस्कृतिक तथा १३ वटै जिल्ला देखिन सक्ने धारणा राख्नुभयो ।
प्रतिनिधिसभाका सांसदहरु पार्वत गरुङ र जीपछिरिङ लामा, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, नेपाली काङ्ग्रेस दोलखा जिल्ला कार्य समितिका सभापति द्रबहादुुर खड्काले प्रदेश ३ को नामकरण गौरीशङ्कर राख्नुपर्ने प्रस्ताव सही भएको धारणा राख्नुभयो । वरिष्ठ कलाकार मदनदास श्रेष्ठले सबैको साझा भएकाले प्रदेश ३ को नाम गौरीशङ्कर राख्न राम्रो हुने सुझाव दिनुभयो । संस्कृतिविद् डा जगमान गरुङले गौरीशङ्कर हिमालको सांस्कृतिक, धार्मिक तथा पर्यटकीय महत्वका बारेमा जानकारी गराउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया