महिलाहरुले चरम उत्कर्ष किन प्राप्त गर्न सक्दैनन् ? करुणा कुँवरको सुझाव
तपाइको जस्तै समस्या लिएर थुप्रै महिलाहरु मसँग आउने गर्नु भएकाले यस्ता समस्या धेरै महिलाहरुले भोगिरहनु भएको छ भन्ने कुरा म महसुस गर्न सक्छु । कतिपय महिलहरुले यसलाई खासै समस्या मान्नु हुन्न । कतिपय महिलाहरु यो समस्याका बारेमा जान्न चाहनु हुन्छ तर कसरी मसम्म पुग्ने भन्ने जानकारी राख्नुुहुन्न । यी सबै कुरालाई ध्यानमा राखेर म उत्तर दिने प्रयास गर्दछु ।
सामान्यतया बुझ्नुपर्ने कुरा के छ भने संसारमा समाधान नहुने कुनै पनि समस्या छैन । त्यसका लागि मेरो समस्या के हो र यो समस्या समाधान गर्ने विज्ञसम्म कसरी पुग्ने भन्ने कुरा महत्वपूर्ण कुरा हो । नेपालमा शारीरिक समस्या भएपछि मात्र त्ससलाई समस्या मान्ने चलन छ । खासमा शारीकि समस्या जति ठूलो कुरा हो, मानसिक समस्या अझ ठूलो कुरा हो । विकसित देशमा मानसिक समस्यालाई पनि ठूलो मानेर समय समयमा मनोविज्ञसँग भेट्ने गरिन्छ र कसरी अघि बढ्ने सुझाव लिन गरिन्छ । नेपालमा भने यो भर्खरै सुरु भएकाले यसमा प्राक्टिस थोरै भएको छ । तै पनि यस विषयमा जसरी मैल उत्साहजनक चासो पाएको छु, यसबाट पनि विकसित मुलुकमा जस्तै नेपालमा पनि मानसिक समस्या समाधान गर्ने कुरामा सबै किसिमका मानिसहरुको संलग्नता पाएको छु ।
र, यो कुरा बताइहालौं, यौन समस्या धेरैजसो मानसिक समस्या हुन् । यो शरीरसँग भन्दा पनि मनसँग बढि नजिक छ । मानसिक समस्या भन्नाले हामीले परम्परागत रुपमा जुन कुरा बुझेका छौं, त्यो बिल्कुलै होइन ।
तपाईंको यौनसमस्या पनि वाहिरबाट हेर्दा शारीरिक पीडा भएका कारण शरीरसँग सम्बन्धित छ कि भन्ने लाग्छ सक्छ । तर यो पनि मनसँग सम्बन्धित कुरा हो भन्ने कुरा स्पष्ट पार्न चाहन्छु । खासमा यौनमा चरमोत्कर्षमा पुग्न नसक्नु यहि मानसिक समस्याका कारण हो । मानसिक चिन्ता र अप्ठ्यारासँग जुद्धने क्रममा कतिपय महिलाहरु चरम सन्तुष्टिमा पुग्न सक्दैनन् । मैले केही यस्ता महिला पनि भेटेकी छु, जसले आफ्नो यौवनकालभरी नै चरम सन्तुष्टिको अवस्था प्राप्त गर्न नसकेको गुनासो गरेका छन ।
नेपालमा मात्र यो समस्या होइन, विकसित देशका शिक्षित महिलाहरुले पनि चरम सन्तुष्टी प्राप्त गर्न नसकेकेका अध्ययनहरुले देखाएका छन् ।
केही समयअघि भएको एउटा अनुसन्धानका अनुसार ४२ प्रतिशत महिलामा कहिलेकाही चरम सन्तुष्टिमा पुग्न नसक्ने समस्या हुन्छ र १० प्रतिशत महिलाले आफ्नो जीवनकाल भरी एकपटक पनि चरम सन्तुष्टिमा नपुगेको कुरा उल्लेख गरेका छन् ।
विदेशमा पनि जसले जीवनकालमा एकपटक पनि चरम सन्तुष्टिमा नपुगेको वा कहिलेकाही मात्र चरम सन्तुष्टि लिएको अनुभव गरेका हुन्छन भने उनीहरुले मनोविद् वा चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ । किनकि यसो हुनुका पछाडि मनोबैज्ञानिक पक्षहरु लुकेका हुन्छन । तिनको कारण पत्ता लगाई समयमै उपचार गर्नुपर्ने हुन्छ ।
अव यो समस्या के हो भन्ने छोटो चर्चा गरौं । महिलामा हुने यस्तो समस्यालाई एनोरगाज्मीया भनिन्छ । एनोरगाज्मीयाको बारे थाहा पाउनु पर्ने अर्को महत्वपूर्ण कुरा के हो भने यसो हुनुमा जैविक, मनोवैज्ञानिक र सामाजिक कारण हुन सक्दछन । जैविक कारणमा जिर्ण रोग जसले नशामा असर गरेको हुन्छ वा कुनै रासायनिक वा औषधिको लामो समय सम्मको प्रयोगले पनि एनोरगाज्मीया हुन सक्दछ । मनोवैज्ञानिक कारणमा दिक्दारीपन, चिन्ता, यौन रोग, गर्भ रहने डर जस्ता पक्षहरुको भूमिका हुन्छ । यदि यौन हिसा भएको ईतिहास छ भने पनि एनोरगाज्मीया हन सक्दछ । सामाजिक कारणमा पार्टनर सँग कम कुराकानी हुने वा हुदै नहुने , एकअर्कावीच झगडा भैरहने वा साँस्कृतिक वा धार्मिक विश्वास जसमा महिलाले यौन ईच्क्षालाई प्रकट गर्न नहुने मान्यता लिएको छ । त्यस्तोमा पनि महिलामा एनोरगाज्मीया हुने पाईएको छ । चरम सन्तुष्टिमा नपुग्न सक्नुको कारणमा यीमध्ये एक वा यी सबैको मिश्रण भएको पाईएको छ । हरेक महिलामा एनोरगाज्मीया एउटै कारणले हुदैन । त्यसकारण यीमध्ये कुन कारण हो त्यसलाई पत्ता लगाउन आवश्यक हुन्छ र जुन कारण हो त्यस अनुसारको उपचार गरिनुपर्दछ ।
यस अन्र्तगत प्रचलित उपचार अन्र्तगत दम्पत्तिमा गरिने परामर्श र चिकित्सकीय उपचार हो । यस अन्र्तगत अर्को उपायमा महिलालाई कसरी उत्तेजना हुन्छ त्यस्तो बिधि अन्तर्गत त्यस्तो प्रयास गर्न पनि सल्लाह दिईन्छ । यस अन्र्तगत हस्थमैथुन पनि पर्दछ । हस्थमैथुन बिधि अपनाउने क्रममा यौन आनन्दको महसूस हुन्छ भने त्यसलाई सफल मानिन्छ । आफूलाई यदि कुनै बिधि ठीक लागेमा आफ्नो पार्टनर सँग भन्ने र त्यही बिधि अनुसार पार्टनरलाई यौन सम्पर्क राख्न भन्ने गरिन्छ । यदि एक अर्का सँग मनको कुरा गर्ने, कुराकानी गर्ने, एकअर्कालाई सम्मान देखाउने जस्तो कुराको कमी हो भने पनि त्यस बारेमा खुलेर कुरा गर्नु पर्ने हुन्छ र यसको पनि कारणको खोजी गर्नु पर्ने हुन्छ । विभिन्न किसिमको औषधि उपचार भएता पनि धेरै जसो महिलाहरुलाई औषधीको सेवनले प्रभाव नपारेको कुरा बताउनु हुन्छ । किनकि कुनै पनि औषधि जादु भने होईन । विशेष गरेर यदि मनोवैज्ञानिक वा सामाजिक कारण लुकेको छ भने औषधिले समाधान गर्न सक्दैन । समय र पैसाको नोक्सान मात्र भइरहन्छ ।
सीजी, तपाई र तपाईको श्रीमान्वीच हाल सुमधुर सम्बन्ध छ जस्तो बुझिन्छ र तपाईहरु आफैले पनि यौन सन्तुष्टिका लागि प्रयास गर्दै हुनुहन्छ । तर तपाईको प्रयासले अझै काम गरिरहेको छैन भने तपाईको सम्बन्धलाई विगार्नबाट बचाउनका लागि तपाईहरु दुवैले खुलेर एकअर्का सँग कुरा गर्ने र दम्पत्ति परामर्श लिन आवश्यक छ । लामो समय सम्म समस्यालाई राखी राख्दा ग्लानी, हिनताबोध, र दुई दम्पत्तिबीचको बुर्झइमा कमी आउन थाल्दछ । तपाईहरु मध्ये एकजनाको कारणले यौनमा चरम सन्तुष्टिको अनुभव हुन नसकेको हो की दुवैजनाको समस्याले हो त्यसलाई पत्ता लगउन पनि विशेषज्ञको सल्लाह लिन आवश्यक हुन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया