तालिमले व्यवसायिक उत्पादनमा सघाउ पुराउने अपेक्षा

विदुर खबर २०७६ जेठ ८ गते १:५२

नुवाकोट जेठ ८, गरिव निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत तादी गाउँपालिका वडा नम्बर १ उर्लेनीमा संचालन गरिएकोे मुढा बनाउने तालिम र व्यवसायिक बाख्रा पालन तालिमले आफुहरुलाई व्यवसायिक उत्पादन गर्न सिकाएको तालिममा सहभागीहरुले बताएका छन ।

Advertisement

लालीगुराँस सामुदायिक विकास केन्द्र रसुवा र जोइन्ट भिजन कन्सल्टेन्सी वालाजुको आयोजना तथा घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटको सहयोगमा संचालित तालिममा सहभागीहरुले सधै जीविकोपार्जनका लागि उत्पादन गर्दै आएकोमा तालिमपछि व्यवसायिक उत्पादनमा सघाउ पुग्ने आशा व्यत्त गरेका छन ।

व्यवसायिक बाख्रा पालन तालिममा सहभागी भएका भैरववहादुर तामाङले निर्वाहमुखी कृषि प्रणाली अपनाइरहेको अवस्थामा तालिमले सकरात्मक र व्यवसायिक रुपमा काम गर्न उर्जा प्रदान गरेको बताए । त्यस्तै मुढा बनाउने तालिममा सहभागी भएकी जानुका थापाले सिकेको सिपले आगामी दिनमा व्यवसायिक रुपमा काम गर्ने बताइन ।

Advertisement

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले तालिममा सिकेका सिपलाई घरमा थन्काएर राख्न नहुने बताए । उनले सिकेको सिपबाट स्वरोजगार र परनिर्भर हुने अवस्थाको अन्त्य गराएको बताए । कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटका प्रमुख विजय भट्टराईले तालिमले आधारभुत तथा व्यवसायिक दुबै शिक्षा दिने भएकोले तालिमको भरपुर सदुपयोग गर्न आग्रह गरे । त्यस्तै लालीगुराँस सामुदायिक विकास केन्द्र रसुवाका अध्यक्ष निलनाथ आचार्यले सिमित श्रोत र साधनका वावजुत गाउँपालिकाको विकट मानिएको स्थानमा कार्यक्रम गरिएको हुँदा तालिमले बाटो मात्र देखाएको धारणा व्यत्त गरे । उनले गाउँपालिकासँगको सहकार्यमा आगामी दिनमा पनि यस्तै कार्यक्रम ल्याएर स्थानियबासीहरुलाई प्राविधिक रुपमा दक्ष बनाउने बताए । कार्यक्रममा नेपाल घरेलु महासंघ जिल्ला कार्यसमितिका नुवाकोटका अध्यक्ष सिताराम रिमाल, जिल्ला लघु उद्यमी संघ नुवाकोटकी अध्यक्ष गीता थापा लगायतले तामिलपछि सिकेका सिपबाट केही गरेमा मात्र तालिम लिएको सार्थकता मिल्ने बताएका थिए । तालिममा ३१ जनाभन्दाबढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया