मेलमिलापकर्ता उत्पादन गर्दै विदुर नगरपालिका
विदुर खबर
२०७६ जेठ ७ गते २:२३

नुवाकोट जेठ ७ ,विदुर नगरपालिकाले आफ्ना वडा कार्यालयमा मेलमिलापकर्ताहरु अपुग भएको भन्दै नयाँ मेलमिलाप कर्ता उत्पादनको लागि शनिबारबाट तालिमको आयोजना गरेको छ ।
विदुर नगरपालिकाको न्यायिक समितिको आयोजना तथा प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको सहजिकरणमा तालिम संचालन भएको हो । तालिम आगामी जेठ १२ गतेसम्म संचालन हुने बताइएको छ । तालिममा नगरक्षेत्र भित्रका महिला र पुरुष गरि २७ जनाको सहभागिता रहेको विदुर नगरपालिकाले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया