नेपाल लाइफद्धारा जीवन बीमाको दाबी रकम भुक्तानी
नुवाकोट जेठ ७ ,नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बट्टार शाखाले लिखु गाउँपालिका वडा नम्बर १ खानीगाउँकी बीमित तारा थापा मगरकी श्रीमानलाई जीवन बीमाको दाबी रकम भुक्तानी गरेको छ ।
आइतबार चण्डेश्वरी संरक्षण मञ्च खानीगाउँले आयोजना गरेको २५६३ औ बृद्धजयन्ती तथा घाटु नाच जात्रा २०७६ को अवसर पारी कम्पनीले बिमितका श्रीमान लालबहादुर थापामगरलाई एक लाख ३७ हजार २ सय रुपैयाँको बीमा दाबी रकम भुक्त्तानी दिएको हो । मगरलाई नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्मचारी बिकाश न्यौपाने, लिखु गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष नरहरी पाण्डे तथा उत्तरगया दैनिकका प्रकाशक तथा सम्पादक शिव देवकोटाले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन ।
कम्पनीमा मगरले एकलाख रुपैयाँकोे जीबन बीमा गरेकी थिइन । उनले वार्षिक ९ हजार ३ सय ८ रुपएयाँको दरले ५ वर्षको बीमा शुल्कबापत ४६हजार ५ सय ४० रुपैयाँ भुक्तानी गरेको नेपाल लाईभ इन्स्योरेन्स कम्पनी लिमिटेड बट्टार शाखाले जानकारी दिएको छ । मगरको गत माघ २३ गते असामहिक निधन भएकोले उनका श्रीमान लालबहादुर थापामगरलाई जीबन बीमाको दाबी भुक्तानी बापतको रकम दिइएको कम्पनीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग





प्रतिक्रिया