एनएमबि बैंकले ओम डेभलपमेन्टलाई गाभ्ने,३ महिना भित्र मर्जर सक्ने लक्ष्य

विदुर खबर २०७६ जेठ २ गते १:१७

नुवाकोट जेठ २,एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने भएको छ  ।

Advertisement

बिहिबार दुई बैंकबीच मर्जर सम्बन्धि सम्झौता हुन् लागेको हो । सम्झौताको लागि बिहिबार होटेल अन्नपूर्णमा दिउँसो ३:३० बजे बैंकले पत्रकार सम्मलेनको आयोजना गरेको छ ।

बैंक बिशेष स्रोतका अनुसार मर्जरको लागि स्वाप रेसियो डिडिए रिपोर्ट अनुसार तय गर्ने दुई बैंकबीच सहमति भएको छ । ३ महिना भित्र मर्जर प्रक्रिया सकेर एकिकृत कारोबार गर्ने लक्ष्य दुवै बैंकको लक्ष्य रहेको स्रोतले जनाएको छ  ।

Advertisement

यस अघि प्राइम कमर्शियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रक्रिया सुरु गरेको थियो । तर अन्तिम समयमा मर्जर भाडिएको थियो ।  प्राइम संगको मर्जर तोडिएपछि ओमले एनएमबी रोजेको हो ।

हाल एनएमबि बैंकको चुक्ता पुंजी ९ अर्ब ६१ करोड रहेको छ भने ओमको चुक्ता पुंजी २ अर्ब ५१ करोड रहेको छ  ।

Advertisement

प्रतिक्रिया