जेसिज एरिया “ग” सम्मेलन नुवाकोटको विदुरमा हुने

विदुर खबर २०७६ वैशाख २६ गते ०:४२

नुवाकोट वैशाख २६, युवाहरुको नेतृत्व विकास र क्षमता विकासको लागि नेपाल जेसिज एरिया ग सम्मेलन नुवाकोटमा आगामी शुक्रबारदेखि शुरु हुने भएको छ ।

Advertisement

नुवाकोट जेसीजको आयोजनामा सम्मेलन हुन लागेको नुवाकोट जेसीजका अध्यक्ष दुर्गाराज पाठकले जानकारी दिए । जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रर्वदन गर्न र जिल्लाका ऐतिहासक वस्तुस्थितिको उजागर गर्न जिल्लामा नै सम्मेलन आयोजना गर्न लागेको पाठकले बताए ।

सम्मेलनमा १७ जिल्लाका पाँचसयभन्दा बढी युवाहरु सहभागी हुने बताइएको छ । सम्मेलन आयोजना गर्न करिव २७ लाख रुपैयाँ खर्च हुने नुवाकोट जेसीजले जनाएको छ ।

Advertisement

प्रतिक्रिया