मेयर कप फुटवल : आज विदुर नगरपालिका र धुनिवेशी नगरपालिका भिड्दै

विदुर खबर २०७६ वैशाख १९ गते १:५४

नुवाकोट वैशाख १९, नुवाकोटको बट्टारमा जारी मेयर कप फुटवल प्रतियोगिता अन्र्तगत आजको खेलमा नुवाकोटको विदुर नगरपालिका र धादिङको धुनीवेशी नगरपालिकाबीच प्रतिष्पर्धा हुँदैछ ।

Advertisement

खेल दिउँसो ३ बजे नुवाकोट आर्दश वहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा हुने छ । आज हुने खेलमा नुवाकोटको विदुर नगरपालिका उच्च मनोवलका साथ मैदानमा उत्रदैछ । यस मैदानमा सुखद नतिजा निकालेको नुवाकोटे टोली धुनीवेशीलाई पराजित गरि सेमिफाइनलमा प्रवेश गर्न चाहान्छ । आज विजयी हुने टोलीले सेमिफाइनलमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकासँग प्रतिष्पर्धा गर्ने छ । बुधवार भएको प्रतियोगितामा नुवाकोटको वेलकोटगढी नगरपालिकालाई ६ का विरुद्ध शुन्य गोलल पराजित गर्दै मेलम्ची सेमिफाइनलमा प्रवेश गरेको हो । आगामी २३ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले ३ लाख रुपैयाँ र उपविजेताले एकलाख ५० हजार हात पार्नैछ ।

प्रतिक्रिया