मेयरकप फुटवल : मेलम्ची नगरपालिकाको सानदार शुरुवात
नुवाकोट वैशाख १८, नुवाकोटको बट्टारमा बुधवारदेखि शुरु भएको मेयर कप आमन्तरण फुटवल प्रतियोगितामा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले सानदार शुरुवात गरेको छ ।
बुधवार भएको उद्घाटन खेलमा मेलम्ची नगरपालिकाले नुवाकोटकोको वेलकोटगढी नगरपालिकालाई ६—० गोल अन्तरले पराजित गरेको हो । मेलम्चीको जीतमा कृष्ण सापकोटाले ह्याट्रिक गरे भने युवराज ढकालले २ र साजन माझीले एक गरे । खेलको शुरु देखिनै निकै आक्रामक फुटवल खेलेको मेलम्चीको लागि कृष्ण सापकोटाले खेलेको ४५,७७ र ८२ औ मिनेटमा गोल गर्दै ह्यट्रिक गरेका थिए । त्यस्तै खेलको ८ औ र ३२ औ मिनेटमा मेलम्चीको लागि युवराज ढकालले गोल गरेका थिए । खेलेको १७ औ मिनेटमा साजन माझीले गोल गर्दै टोलिको अग्रता दोब्बर पारेका थिए ।
त्यसपछि खेलमा कुनैपनि गोल भएन र मेलम्ची नगरपालिकाले ६—० खेल जित्यो । खेलको म्यान अफ दि म्याद मेलम्चीका युवराज ढकाल घोषित भएका छन । उनले नगद पाँच हजार रुपैयाँ हात पारे । प्रतियोगिता अन्र्तगत बिहिबार नुवाकोटको विदुर नगरपालिका र धादिङको धुनीवेशी नगरपालिकाबीच दिउँसने ३:३० बजे खेल हुनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की





प्रतिक्रिया