बिहीबार प्राधिकरणका सम्पूर्ण काउन्टर बन्द हुने
नुवाकोट वैशाख १७, नेपाल विद्युत् प्राधिकरणले बिहीबार सम्पूर्ण आय सङ्कलन काउन्टर बन्द गर्ने भएको छ ।
प्राधिकरणमा आधिकारिक टे«ड युनियनको निर्वाचनका लागि सबै कर्मचारी व्यस्त हुने भएकाले सो दिन आय सङ्कलन काउन्टर बन्द हुने भएका हुन् । प्राधिकरणले सो दिन अनलाइनबाट विद्युत् महसुल भुक्तानी गर्न सकिने बताएको छ । प्राधिकरणले आज एक सूचनामार्फत सङ्कलन काउन्टर बन्द हुँदा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ । प्राधिकरणमा यही वैशाख १९ गते हुन लागेको आधाकारिक टे«ड युनियनको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी निकटको नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन र नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घबीच प्रतिस्पर्धा हुनेछ ।
युनियनका सहसंयोजक खगेन्द्र शाहीले देशभरको निर्वाचन प्रचारप्रसारको काम सकिएको र आफूहरुले यस पटक निर्वाचनमा जीत हासिल गर्ने बताउनुभयो । उहाँले उज्यालो नेपाल अभियान र प्राधिकरणलाई व्यावसायिक र सबल संस्था बनाउने आफ्नो सङ्गठनको योजनालाई सबै कर्मचारीले साथ दिने बताउनुभयो । यस्तै सङ्घले पनि निर्वाचन अभियान सकारात्मक रुपमा सम्पन्न भएको जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया