मेयर कप फुटबलको उद्घाटन खेलमा बेलकोट र मेलम्ची नगरपालिकाले प्रतिष्पर्धा गर्ने
नुवाकोट वैशाख १७, नुवाकोटको बिदुर नगरपालिकामा बुधबारदेखि बिदुर नगरमेयर कप राष्ट्रिय आमन्त्रण अन्तरगत नगरपालिका फुटबल प्रतियोगिता हुने भएको छ ।
मंगलबार नगरपालिकाले बट्टार स्थित आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा गरेको पत्रकार सम्मेलनमा १८ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ समुहको सहभागिता रहने जनाएको छ । कार्यक्रममा बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले निकट भबिष्यमा खेल क्षेत्रको प्रर्बद्धन र खेलाडीहरुको मनोबललाई सदैब उच्च राख्न प्रतियोगिताको भूमिका महत्बपूर्ण रहने बताउनुभएको छ ।
यस्तै, बिदुर नगरपालिकाले खेल जगत्लाई छायामा पर्न नदिन र महिला खेलाडीहरुलाई समेत खेल प्रति आकर्षण गराउने उद्धेश्यले उपमेयर कप महिला भलिबल प्रतियोगिता सञ्चालन गर्न लागेको छ । बिदुर नगरमेयर कप फुटबल प्रतियोगिता र उपमेयर कप महिला भलिबल प्रतियोगिताको लागि २० लाख रुपैया रकम बिनियोजन गरेको विदुर नगरपालिकाको कार्यालयले जनाएको छ ।
प्रतियोगिताको पहिलो दिन बुधबार बेल्कोटगढी नगरपालिका नुवाकोट र मेलम्ची नगरपालिका सिन्धुपाल्चोक बीच प्रतिस्पर्धा रहने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिताको अबलोकन गर्न जाने दर्शकहरुको लागि प्रतियोगिताको पहिलो दिन निशुल्क र अन्य दिनहरुको लागी २५ रुपैया प्रबेश शुल्क निर्धारण गरिएको जिल्ला खेलकुद बिकास समिती नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया