मेयर कपको फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा

नुवाकोट वैशाख १५, आगामी मंगलबार १८ गतेदेखि नुवाकोट आर्दश बहुमुखी क्याम्पसे बट्टारको खेल मैदानमा हुने प्रथम मेगर कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
विदुर नगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटवल संघको संयोजनमा हुने प्रतियोगितामा प्रदेश नम्बर तीनको प्रदेश जिल्लाका एक नगरपालिका सहभागी हुने नुवाकोट फुटवल संघको उपाध्यक्ष उद्धव पनेरुले जानकारी दिए । प्रतियोगिताको लागि अहिले मैदानामा घाँस सम्माउने तथा दर्शकको वस्नको लागि प्याराफिट बनाउने कार्य भइरहेको पनेरुले बताए ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ र उपविजेताले एकलाख ५० हजार रुपैयाँ हात पार्ने जिल्ला खेलकुद विकास समिति नुवकोटले जनाएको छ । यसअघि वैशाख २ गते प्रतियोगिता गर्ने भनिएपनि आठौ रााष्ट्रिय खेलकुद प्रतियोगिताको कारण प्रतियोगिता केही समयपछि धकेलिएको थियो ।
प्रतिक्रिया