संवाद समुहको काम प्रभावकारी भएको सरोकारवाहरुको भनाई
नुवाकोट वैशाख १२,संवाद समुह नुवाकोटले गरेको काम प्रभावकारी भएको सरोकारवालाहरुले बताएका छन ।
संवाद समुह नुवाकोटले विदुर नगरपालिका वडा नम्बर ११ को दुधेगढीमा आयोजना गरेको समिक्षा बैठकमा संवाद समुहले जिल्ला भित्र देखिएको विवादहरु समाधानमा महत्वपुर्ण भुमिका खेलेको बताएका हुन । कार्यक्रममा बोल्दै विदुर नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष तोयानाथ तिमिल्सेनाले संवाद समुहले सडक विस्तार र विदुर नगरपालिकाले बढाएको एकिकृत सम्पत्ति करको विषयमा संवादको माध्यमबाट समस्या समाधानमा सहयोग पुराएको बताए । तिमिल्सेनाले आगामी दिनमा नगरपालिकाले जनतासँग प्रत्यक्ष जोडिएका विषयहरुमा निर्णय लिँदा व्यापक छलफल गरेर अगाडी बढ्न तयार रहेको बताए ।
कार्यक्रममा संवाद समुह नुवाकोटका क्षेत्रिय संयोजक सन्तोष खनालले संवाद समुहमार्फत जिल्लामा रहेका महत्वपुर्ण सवालहरु संवादको माध्यममार्फत अगाडि बढाउन संवाद समुह महत्वपुर्ण काम गरेको बताए । खनालले संवाद समुहमार्फत गल्छी–त्रिशुली सडकखण्ड विस्तार गर्दा समुदायमा परेको प्रभाव,विदुर नगरपालिकाको कर निर्धारण सम्बन्धमा नगरपालिका र स्थानियवासीबिचको विवाद र निजी आवास पुननिर्माणमा देखिएको समस्या लगायतको विषय सहजीकरण गर्न महत्वपुर्ण भुमिका खेलेको बताएका छन । सो कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष तथा संवाद समुहका सदस्य इन्द्र पण्डितले जिल्लामा देखिएको कुनैपनि जनताको चासोको विषयमा संवाद समुहले सबै पक्ष राखी छलफलको माध्यमबाट समाधानको प्रयास खोजेको बताए । त्यस्तै पुर्वक शिक्षक रामप्रसाद प्याकुरेलले जटिलभन्दा जटिल विषयपनि संवादको माध्यमबाट समाधान गर्न सकिने उदाहरणीय काम संवाद समुहले गरेको बताए ।
पछिल्लो समय संवाद समुह नुवाकोटले लिखु,दुप्चेश्वर,सुर्यगढी र ककनी गाउँपालिकामा योजना निर्माण,कार्यान्वयन तथा सेवा प्रवाहको विषयमा संवाल कार्यक्रमको आयोजना गरिरहेको छ । साथै अन्य स्थानिय तहमा समेत आगामी जेठ महिनासम्ममा कार्यक्रम गरिसक्ने बताएको छ । संवाद समुह नुवाकोटले संवाद प्रक्रियाबाट समस्याको दिगो समाधान र समाजमा शान्ति स्थापनाको लागि जिल्लाका अग्रज,लब्ध प्रतिष्ठित व्यक्ति, नागरिक समाजका अगुवा र दलीय प्रतिनिधिहरु मिलाएर संवाद सुमह बनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया