पर्यटन प्रर्वद्धन गर्न दुधेलामा कालिकामा ऐतिहासिक बैठक

नुवाकोट वैशाख १२, विदुर नगरपालिका वडा नम्बर ११ मा रहेको दुधेलामा जितगढीमा आन्तरिक पर्यटन प्रर्वद्धन गर्न भन्दै संवाद समुह नुवाकोटले करिव २२ सय मिटर उचाईमा समिक्षा बैठक बिहिबार सम्पन्न गरेको छ ।
नुवाकोटमा रहेको चारगढीमध्ये विदुर नगरपालिकामा रहेको गेर्खुगढी र दुधेलामा जितगढी गढीको प्रचारप्रसारको लागि दुधेगढीमा कार्यक्रम आयोजना गरेको संवाद समुह नुवाकोटले जनाएको छ । नेपाल र तिब्बतबिच युद्ध हुँदा चारओटा गढीमा वसेर तिब्बतलाई कब्जा गर्न रोकिएको विदुर नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष तोयानाथ तिमिल्सेनाले जानकारी दिए । वडाअध्यक्ष तिमिल्सेनाले ऐतिहासिक दुधेलामा जितगढीमा पर्यटन प्रर्वद्धनको लागि वडा कार्यालय,विदुर नगरपालिका, र प्रदेश सरकारसँग पहल चिन र तिब्बती पर्यटक भित्राउने लक्ष्यसाथ काम अगाडि बढाइएको बताए ।
त्यस्तै स्थानिय रामप्रसाद प्याकुरेलले दुधेलामा जितगढीको विकासको लागि पछिल्लो ११ वर्षदेखि आफु लागिरहेको भन्दै विदुर नगरपालिका,प्रदेश र केन्द्रिय सरकार मिलेर ऐतिहासिक धरोहरलाई रक्षा गर्नुपर्ने बताए । उनले दुधेलामा जितगढीलाई बाह्य मात्र नभई आन्तकि पर्यटकलाई समेत प्रचारप्रसार गरि भित्राउनु पर्ने बताए ।
प्रतिक्रिया