पर्यटन प्रर्वद्धन गर्न दुधेलामा कालिकामा ऐतिहासिक बैठक
नुवाकोट वैशाख १२, विदुर नगरपालिका वडा नम्बर ११ मा रहेको दुधेलामा जितगढीमा आन्तरिक पर्यटन प्रर्वद्धन गर्न भन्दै संवाद समुह नुवाकोटले करिव २२ सय मिटर उचाईमा समिक्षा बैठक बिहिबार सम्पन्न गरेको छ ।
नुवाकोटमा रहेको चारगढीमध्ये विदुर नगरपालिकामा रहेको गेर्खुगढी र दुधेलामा जितगढी गढीको प्रचारप्रसारको लागि दुधेगढीमा कार्यक्रम आयोजना गरेको संवाद समुह नुवाकोटले जनाएको छ । नेपाल र तिब्बतबिच युद्ध हुँदा चारओटा गढीमा वसेर तिब्बतलाई कब्जा गर्न रोकिएको विदुर नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष तोयानाथ तिमिल्सेनाले जानकारी दिए । वडाअध्यक्ष तिमिल्सेनाले ऐतिहासिक दुधेलामा जितगढीमा पर्यटन प्रर्वद्धनको लागि वडा कार्यालय,विदुर नगरपालिका, र प्रदेश सरकारसँग पहल चिन र तिब्बती पर्यटक भित्राउने लक्ष्यसाथ काम अगाडि बढाइएको बताए ।
त्यस्तै स्थानिय रामप्रसाद प्याकुरेलले दुधेलामा जितगढीको विकासको लागि पछिल्लो ११ वर्षदेखि आफु लागिरहेको भन्दै विदुर नगरपालिका,प्रदेश र केन्द्रिय सरकार मिलेर ऐतिहासिक धरोहरलाई रक्षा गर्नुपर्ने बताए । उनले दुधेलामा जितगढीलाई बाह्य मात्र नभई आन्तकि पर्यटकलाई समेत प्रचारप्रसार गरि भित्राउनु पर्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री
बागमतीको बजेट अधिवेशन सोमबारबाट
खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक





प्रतिक्रिया