दुप्चेश्वरमा खुल्ला रााष्ट्रिय पुरुष भलिवल प्रतियोतिा शुरु,पन्चकन्या र दुप्चेश्वर विजयी

विदुर खबर २०७५ चैत ७ गते २:२६

दुप्चेश्वर गाउँपालिकामा बुधबारबाट दोस्रो दुप्चेश्वर कप खुल्ला रााष्ट्रिय पुरुष भलिवल प्रतियोतिा शुरु भएको छ ।

Advertisement

प्रतियोगितााको पहिलो दिनमा पन्चकन्या र दुप्चेश्वर गाउँपालिकाले विजयी शुरुवात गरेका छन । प्रतियोगिताको पहिलो खेलमा दुप्चेश्वर गाउँपालिकाले लालीगुराँस युवा क्लब म्याडलाई २५-१७ र २५-१९ को सोझो सेटमा पराजित गरेको हो । त्यस्तै दिनको दास्रो खेलमा पन्चकन्या गाउँपालिकाले कल्याण माविलाई २५-१९ र २५-२३ ले पराजित गरेको थियो । प्रतियोगिता अन्र्तगत आज तीन खेल हुँदैछ ।

दुप्चेश्वर गाउँपालिका वडा नं ५ को आयोजना तथा कल्याण माध्यामिक विद्यालय र बालकुमारी युवा कल्ब दुप्चेश्वरको सहआयोजनामा प्रतिययोगिता भएको हो । प्रतियोगितामा प्रथम हुने टोलीलाई एकलाख २५ हजार,दोस्रो हुने टोलीलाई ७५ हजार,तेस्रो हुने टोलीलाई ४० हजार र चौथो हुने टोलीलाई सानत्वना पुरीकार स्वरुप २० हजार रुपैया दिइने बालकुमारी युवा कल्बका अध्यक्ष नरेश तामाङले बताए । कल्याण माध्यामिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिता चैत्र ९ गतेसम्म संचालन हुने दुप्चेश्वर गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने स्पाइकर,सटर, डिफेन्डर र सरभरलाई समेत पुरस्कारको व्यवस्था गरिएको दुप्चेश्वर गाउँपालिका वडा नं ५ का वडाअध्यक्ष तामाङले बताए ।

Advertisement

प्रतिक्रिया