होलीको सांगितिक कार्यक्रममा झडप
विदुर खबर
२०७४ फागुन १७ गते १७:०३
नुवाकोट, १७ फागुन– फागु पूर्णिमाका अवसरमा स्थानीय बट्टारमा आयोजित सांगीतिक कार्यक्रममा तोडफोड गर्ने चार जना पक्राउ परेका छन् ।
आज (बिहीवार) साँझ विदुर नगरपालिका वडा नं ४ बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा प्रहरीलाई हातपात र गाडी तोडफोड गर्नेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सांगीतिक कार्यक्रम भइरहेका समयमा मदिरा सेवन गरी होहल्ला गर्दा विवाद उत्पन्न गराउने विदुर –६ इनारपाटीका २५ वर्षीय किशोर केसी, २० वर्षीय श्रीकृष्ण कुमाल, १९ वर्षीय सरोज कुमाल र १७ वर्षीय निरज कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुंँवरले जानकारी दिए ।
उनीहरुलाई प्रहरीलाई हातपात गर्नाका साथै प्रहरीको बा २ झ २१९ नंको स्कोर्पियो गाडीको सिसा तोडफोड गरेको आरोप लगाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया