होलीको सांगितिक कार्यक्रममा झडप
विदुर खबर
२०७४ फागुन १७ गते १७:०३
नुवाकोट, १७ फागुन– फागु पूर्णिमाका अवसरमा स्थानीय बट्टारमा आयोजित सांगीतिक कार्यक्रममा तोडफोड गर्ने चार जना पक्राउ परेका छन् ।
आज (बिहीवार) साँझ विदुर नगरपालिका वडा नं ४ बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा प्रहरीलाई हातपात र गाडी तोडफोड गर्नेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सांगीतिक कार्यक्रम भइरहेका समयमा मदिरा सेवन गरी होहल्ला गर्दा विवाद उत्पन्न गराउने विदुर –६ इनारपाटीका २५ वर्षीय किशोर केसी, २० वर्षीय श्रीकृष्ण कुमाल, १९ वर्षीय सरोज कुमाल र १७ वर्षीय निरज कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुंँवरले जानकारी दिए ।
उनीहरुलाई प्रहरीलाई हातपात गर्नाका साथै प्रहरीको बा २ झ २१९ नंको स्कोर्पियो गाडीको सिसा तोडफोड गरेको आरोप लगाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
स्ट्रेट अफ हर्मुज खोल्न अमेरिका र इरान सहमत
इरान–अमेरिका बीच दुई हप्ते युद्धविराम सहमति
बढी शुल्क र भर्ना लिए तत्काल कारबाही गर्न स्थानीय तहलाई पत्राचार





प्रतिक्रिया