२६ लाखले गरे आँखा जाँच
पोखरा, १७ फागुन– प्रदेश नं.४ का मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले शिक्षा र स्वास्थ्य जनताको पहुँचसम्म पुर्याउनु राज्यको दायित्व भएको बताएका छन् ।
हिमालय आँखा अस्पताल घारीपाटन पोखराको रजतजयन्ती समारोहका अवसरमा सबस्पेसलिष्ट क्लिनिकको आज उद्घाटन गर्दै उहाँले समृद्धिका लागि प्राकृतिक स्रोत र साधनको भरपूर उपयोग गर्ने तयारीमा प्रदेश सरकार जुटेको बताए ।
नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा डा तीर्थप्रसाद मिश्रले संघले हालसम्म मुलुकका विभिन्न स्थानमा सञ्चालित आठ आंँखा अस्पताल र ८० आँखा उपचार केन्द्रमार्फत मुलुकका ९० प्रतिशत आँखाका बिरामीलाई सेवा पुर्याउँदै आएको जानकारी दिए ।
पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अस्पतालले गुणस्तरीय सेवा र सुविधा प्रदान गरेर अन्य प्रदेशलगायत विदेशीलाई आकर्षण गर्न सके स्वास्थ्य सेवाका माध्यमबाट पोखराको पर्यटन विकासमा टेवा पुग्ने उल्लेख गरे ।
हिमालय आँखा अस्पताल घारीपाटन पोखराका मेडिकल सुपरिटेण्डेण्ट डा इन्द्र महर्जनले गण्डकी, धौलागिरि र कर्णाली अञ्चलमा २६ लाख जनाको आँखा परीक्षण गर्नाका साथै एक लाख मोतियाविन्दुसहित दुई लाखभन्दा बढीको आँखाको शल्यक्रिया गरिसकेको जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया