कार्यकर्ता रिहा नगरे प्रतिकारमा उत्रने विप्लभ माओवादीको चेतावनी

विदुर खबर २०७५ फागुन २६ गते १३:५२

फक्राउ गरिएका आफ्ना कार्यकर्ता रिहा नगरे विप्लभ माओवादीले प्रतिकार गर्ने सरकारलाई चेतावनी दिएको छ ।

Advertisement

विप्लभ माओवादी नुवाकोटका सेक्रेटरी विन्तोस सिलवाल (अशोक) ले आइतबार एक विज्ञप्ती जारी गर्दै प्रतिकारको चेतावनी दिएका हुन ।
उनले जारी गरेको विज्ञप्तीमा सरकारले आफुना कार्यकर्ता पछिल्लो समय आम नेपाली जनताको पक्षमा उभिएको र पार्टीप्रति जनताको साथ,समर्थन र सहभागिता देखि सरकार छटपटहाट अर्धचेत भई कायरपुर्ण,फासिस्ट हर्कत र दमनमा उत्रेको उल्लेख छ ।
उनले जारी गरेको विज्ञप्तीमा पार्टीले चलाएको संगठन सुढृड तथा विस्तार अभियान २ मा अहोरात्र खटिएका पार्टी सदस्य क. विष्णु भण्डारीलाई बेतिबाट सरकारको ठाडो आदेशमा कन्चठमा पेस्तोल राखि अपहरण शैलीमा गिराफ्तार गरेको छ र कार्यकर्ता आक्रमणबाट तितरवितर हुदा घाइते भएको उल्लेख छ ।

उनले विष्णु भण्डारीलाई विनासर्त रिहा गर्न आग्रह गर्दै कायरपुर्ण दमनको सशक्त प्रतिरोध गर्न वाध्य हुने बताएका छन । त्यसबाट उत्पन्न परिणामको भागेदार सरकार स्यवम हुने विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

प्रतिक्रिया