कार्यकर्ता रिहा नगरे प्रतिकारमा उत्रने विप्लभ माओवादीको चेतावनी
फक्राउ गरिएका आफ्ना कार्यकर्ता रिहा नगरे विप्लभ माओवादीले प्रतिकार गर्ने सरकारलाई चेतावनी दिएको छ ।
विप्लभ माओवादी नुवाकोटका सेक्रेटरी विन्तोस सिलवाल (अशोक) ले आइतबार एक विज्ञप्ती जारी गर्दै प्रतिकारको चेतावनी दिएका हुन ।
उनले जारी गरेको विज्ञप्तीमा सरकारले आफुना कार्यकर्ता पछिल्लो समय आम नेपाली जनताको पक्षमा उभिएको र पार्टीप्रति जनताको साथ,समर्थन र सहभागिता देखि सरकार छटपटहाट अर्धचेत भई कायरपुर्ण,फासिस्ट हर्कत र दमनमा उत्रेको उल्लेख छ ।
उनले जारी गरेको विज्ञप्तीमा पार्टीले चलाएको संगठन सुढृड तथा विस्तार अभियान २ मा अहोरात्र खटिएका पार्टी सदस्य क. विष्णु भण्डारीलाई बेतिबाट सरकारको ठाडो आदेशमा कन्चठमा पेस्तोल राखि अपहरण शैलीमा गिराफ्तार गरेको छ र कार्यकर्ता आक्रमणबाट तितरवितर हुदा घाइते भएको उल्लेख छ ।
उनले विष्णु भण्डारीलाई विनासर्त रिहा गर्न आग्रह गर्दै कायरपुर्ण दमनको सशक्त प्रतिरोध गर्न वाध्य हुने बताएका छन । त्यसबाट उत्पन्न परिणामको भागेदार सरकार स्यवम हुने विज्ञप्तीमा उल्लेख छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा
रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ





प्रतिक्रिया