प्रदेश नं ३ पुरुष फुटवल:नुवाकोट सेमिफाइनलमा प्रवेश,फाइनलका लागि ललितपुरसँग खेल्ने

विदुर खबर २०७५ फागुन २६ गते १३:२४

नुवाकोटमा जारी आठौ राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश नं ३ पुरुष फुटबलमा नुवाकोट सेमिफाइनलमा प्रवेश गरेको छ ।

Advertisement

केहीवेर अघि सम्पन्न खेलमा सिन्धुलीलाई ३ का विरुद्ध शुन्य गोलले पराजित गर्दै नुवाकोट सेमिफाइनलमा प्रवेश गरेको हो ।नुवाकोटको लागि जर्सी नं ८ का सन्तोष थापा, जर्सी नं ७ का रामकाजी कुमाल र जर्सी नं ११ का विकास थापामगरले गोल गर्दै घरेलु टोली नुवाकोटलाई जित दिलाएका थिए । खेलमा तीनका विरुद्ध शुन्य गोलले विजयी भएको नुवाकोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ेको छ ।

सेमिफाइनलमा प्रवेश गरेको नुवाकोटले ललितपुरसँग प्रतिष्पर्धा गर्नेछ । त्यस्तै मकवानपुर पनि चितवनलाई समान गोलअन्तरले पराजित गदै सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा मकवानपुरको भेट काठमाण्डौसँग हुनेछ ।

Advertisement

प्रतिक्रिया