दोस्रो दुप्चेश्वर कप खुल्ला रााष्ट्रिय पुरुष भलिवल प्रतियोगिता हुने

विदुर खबर २०७५ फागुन २६ गते २:००

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा आगामी चैत्र ६ गतेबाट दोस्रो दुप्चेश्वर कप खुल्ला रााष्ट्रिय पुरुष भलिवल प्रतियोतिा हुने भएको छ ।

Advertisement

दुप्चेश्वर गाउँपालिका वडा नं ५ को आयोजना तथा कल्याण माध्यामिक विद्यालय र बालकुमारी युवा कल्ब दुप्चेश्वरको सहआयोजनामा हुने प्रतिययोगितामा दुप्चेश्वर गाउँपालिकाले सहयोग गर्ने वडा नं ५ का वडाअध्यक्ष सन्तवहादुर तामाङले बताए ।प्रतियोगितामा प्रथम हुने टोलीलाई एकलाख २५ हजार,दोस्रो हुने टोलीलाई ७५ हजार,तेस्रो हुने टोलीलाई ४० हजार र चौथो हुने टोलीलाई सानत्वना पुरीकार स्वरुप २० हजार रुपैया दिइने बालकुमारी युवा कल्बका अध्यक्ष नरेश तामाङले बताए । कल्याण माध्यामिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिता चैत्र ९ गतेसम्म संचालन हुने दुप्चेश्वर गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने स्पाइकर,सटर, डिफेन्डर र सरभरलाई समेत पुरस्कारको व्यवस्था गरिएको दुप्चेश्वर गाउँपालिका वडा नं ५ का वडाअध्यक्ष तामाङले बताए । प्रतियोगितामा सहभागीताको लागि आयोजकले टिम दर्ता खुल्ला गरेको जनाएको छ ।

Advertisement

प्रतिक्रिया