आठौ राष्ट्रिय पुरुष फुटबलको टाईसिट सार्वजनिक,नुवाकोट समुह ‘बि’मा

विदुर खबर २०७५ फागुन २१ गते १३:४५

नुवाकोटमा फागुुन २४ गते शुक्रबारदेखि हुन लागेको प्रदेश नं ३ स्तरीय पुरुष फुटवल प्रतियोगिताको टाईसिट मंगलबार बट्टारमा सार्वजानिक गरिएको छ ।

Advertisement

सार्वजनिक गरिएको टाइसिट अनुसार आयोजक घरेलु टोली नुवाकोट समुह बि मा रहेको छ । समुह आयोजक नुवाकोटसँगै छिमेकी जिल्ला धादिङ,भक्तपुर, ललितपुर, रामेछाप र सिन्धुली रहेका छन । त्यस्तै समुह ए मा काठमाण्डौ, काभ्रे, चितवन, मकवानपुर, सिन्धुपाल्चोक र दोलखा रहेका छन । प्रतियोगिताको उद्घाटन खेलमा काठमाण्डौ र काभ्रे तथा ललितपुर र रामेछाप भिड्ने भएका हुन ।

आयोजक घरेलु टोली नुवाकोटले भने प्रतियोगितामा पहिलो खेल धादिङसँग खेल्ने छ । प्रदेश नं ३ को १३ जिल्लामध्ये प्रतियोगितामा रसुवा जिल्ला भने सहभागि नहुने नुवाकोट फुटवल संघका उपाध्यक्ष उद्धव पनेरुले बताउनुभयो । । नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा हुने प्रतियोगिताको तयारी तिव्र पारिएको उपाध्यक्ष पनेरुले विदुरखबरलाई बताउनुभयो । प्रतियोगिताको लागि नुवाकोटका खेलाडीहरु दैनिक प्रशिक्षणमा व्यस्त भएका छन । नुवाकोटमा यसअघि पनि वहुप्रतिष्ठित नुवाकोट गोल्डकप सफल रुपमा सम्पन्न भइसकेकोले जिल्लामा फुटवल खेलले थप गति लिनेमा खेलाडीहरुले विश्वास व्यक्त गरेका छन ।

Advertisement

यसैबिच जिल्लामा नै प्रदेश छनोटको खेल खेल्न पाउने भएपछि नुवाकोटको खेलाडीले खुशी व्यक्त गरेका छन । नुवाकोट गोल्डकपमा उत्कष्ट खेल पस्किएर घरेलु दर्शकको मन जितेका खेलाडीले प्रतियोगिामा उत्कृष्ट प्रर्दशन गर्ने विदुरखबरलाई बताए ।

प्रतिक्रिया