वर्गीकरणका लागि ८६४ पत्रपत्रिकाले भरे आवेदन फाराम

विदुर खबर २०७५ फागुन ६ गते १५:०६

आर्थिक वर्ष ०७४/०७५ को पत्रपत्रिका वर्गीकरणका लागि प्रेस काउन्सिल नेपाल (वितरण सम्परीक्षण समिति)मा यस वर्ष ८ सय ६४ वठा आवेदन फाराम भरिएका छन् ।

Advertisement

जसमध्ये दैनिक पत्रिका १७४, अर्ध–साप्ताहिक ३, साप्ताहिक ५२७, पाक्षिक ११, मासिक ८२, द्वैमासिक ४, त्रैमासिक ६ र साहित्यिक भाषाभाषी ५७ रहेका छन् ।

यस्तै, प्रदेशगत रूपमा हेर्दा प्रदेश नम्बर १ बाट १११, प्रदेश नं. २ बाट १७७, प्रदेश नं. ३ बाट ३८४, गण्डकी प्रदेशबाट ६२, प्रदेश नं. ५ बाट ६३, कर्णाली प्रदेशबाट २३ र सुदूरपश्चिम प्रदेशबाट ४४ वटा पत्रपत्रिकाले आवेदन फाराम भरेका छन् ।

Advertisement

यसैगरी यी बाहेक प्रक्रिया नपुगेका र ढिलोगरी प्राप्त भएका ३७ वटा पत्रपत्रिकाका सम्बन्धमा प्रेस काउन्सिल नेपालको बोर्ड बैठकले टुङ्गो लगाएपछि जानकारी गराइनेछ । आर्थिक वर्ष २०७३/०७४ मा ९५३ वटा विभिन्न पत्रपत्रिकाले वर्गीकरणका लागि आवेदन गरेका थिए ।

आवेदन फाराम भरेका पत्रपत्रिकाको विवरण प्रेस काउन्सिलको वेभसाइट www.presscouncilnepal.org.np मा हेर्न सकिन्छ ।

Advertisement

प्रतिक्रिया