वर्गीकरणका लागि ८६४ पत्रपत्रिकाले भरे आवेदन फाराम
आर्थिक वर्ष ०७४/०७५ को पत्रपत्रिका वर्गीकरणका लागि प्रेस काउन्सिल नेपाल (वितरण सम्परीक्षण समिति)मा यस वर्ष ८ सय ६४ वठा आवेदन फाराम भरिएका छन् ।
जसमध्ये दैनिक पत्रिका १७४, अर्ध–साप्ताहिक ३, साप्ताहिक ५२७, पाक्षिक ११, मासिक ८२, द्वैमासिक ४, त्रैमासिक ६ र साहित्यिक भाषाभाषी ५७ रहेका छन् ।
यस्तै, प्रदेशगत रूपमा हेर्दा प्रदेश नम्बर १ बाट १११, प्रदेश नं. २ बाट १७७, प्रदेश नं. ३ बाट ३८४, गण्डकी प्रदेशबाट ६२, प्रदेश नं. ५ बाट ६३, कर्णाली प्रदेशबाट २३ र सुदूरपश्चिम प्रदेशबाट ४४ वटा पत्रपत्रिकाले आवेदन फाराम भरेका छन् ।
यसैगरी यी बाहेक प्रक्रिया नपुगेका र ढिलोगरी प्राप्त भएका ३७ वटा पत्रपत्रिकाका सम्बन्धमा प्रेस काउन्सिल नेपालको बोर्ड बैठकले टुङ्गो लगाएपछि जानकारी गराइनेछ । आर्थिक वर्ष २०७३/०७४ मा ९५३ वटा विभिन्न पत्रपत्रिकाले वर्गीकरणका लागि आवेदन गरेका थिए ।
आवेदन फाराम भरेका पत्रपत्रिकाको विवरण प्रेस काउन्सिलको वेभसाइट www.presscouncilnepal.org.np मा हेर्न सकिन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया