पत्रकार सम्मेलनमै भक्कानिए विवेकशील साझाका प्रवक्ता

विदुर खबर २०७५ पुष २८ गते १३:०८

काठमाडौं– पार्टीमा आएको फुटपछि आयोजित पत्रकार सम्मेलनमा विवेकशील साझाका प्रवक्ता सूर्यराज आचार्य भक्कानिए।

शनिबार पार्टी कार्यालय बखुण्डोलमा आयोजित पत्रकार सम्मेलनमा पार्टीै फुटेकोबारे जानकारी गराउँदा गराउँदै उनी भक्कानिए। पार्टी संयोजक रवीन्द्र मिश्रले बोल्न ढाडस दिएपछि आफूलाई पुनः सामान्य अवस्थामा उनले फर्काएका थिए।

उनले पार्टीमा पछिल्लो समय अस्वभाविक ढंगले घटनाक्रमहरू बढेको बताउँदै पार्टी फुटको घटनाले आफूहरू स्तब्ध भएको बताए।उनले पार्टीको बैठकमा आउनुपर्ने कुरा अर्का पूर्व संयोजक उज्जल थापाले अखबारमा सार्वजनिक गरेको भन्दै असन्तुस्टि पनि जनाए।

Advertisement

प्रतिक्रिया