अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्त
विदुर खबर
२०७५ पुष २४ गते ४:४७

सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पाको जिम्मेवारी खोस्ने निर्णय गरेको हो । मानव तस्करीको आरोप लागेकी राजदूत शेर्पालाई परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोध्नुका साथै एक समिति मार्फत छानविन पनि गरेको थियो ।
मन्त्रालयको छानविनमा शेर्पाले सफार्इ पाए पनि सरकारले शेर्पाका गतिविधिलाई उचित नभएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको हो।आफ्नै सवारी चालकले राजदूत शेर्पाले पैसा खाएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाउँदै सार्वजनिक आरोप लगाए पछि शेर्पा विवादमा तानिएकी थिईन ।
सम्बन्धित
प्रतिक्रिया