आईजीपि खनालको आश्वासनः निर्मलाको हत्यारा जोकोही भएपनि छोडिन्न

विदुर खबर २०७५ पुष १५ गते १३:३५

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तका हत्यारा जो कोही भए पनि नछोड्ने पुरानै आश्वासन दोहो¥याएका छन् । आईतवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पत्रकारसंग कुराकानी गर्दै आईजीपी खनाल पहिलेकै आश्वासन दोहो¥याएका हुन् ।

Advertisement

घटनाको अनुसन्धान जारी रहेको बताउँदै उनले निर्दोष नफस्ने र दोषी जो कोही भएपनि नछाडिने बताएका छन् । अनुसन्धानमा प्रहरी कसैको दबाब र प्रभाव नभएको उनको जिकिर छ । शंकाको घेरामा आएका साना ठूला सबैलाई अनुसन्धानको दायरामा ल्याइने उनले बताए ।
आईजीपी खनाल निर्मला हत्याकाण्ड पछि दोस्रो पटक कञ्चनपुर आएका हुन । उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रम, प्रहरी एकाइको वस्तुस्थिति लगायतका विषयमा पनि जानकारी लिएका छन् ।

आईजीपी खनाल अहिले प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नियमित अनुगमन भ्रमणमा छन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना भन्दा बढि समय भैसक्दा पनि हत्याराको पहिचान गर्न नसकेको भन्दै प्रहरीको चौतर्फी आलोचना भइरहेका बेला अनुसन्धानमा आइजीपी आफै सक्रिय भएका छन् ।

Advertisement

आईजीपी खनाल आईतवार केन्द्रीय अनुसन्धान ब्युरो, इन्टरपोल शाखा प्रमुख र महानगरीय अपराध महाशाखाका अधिकारीहरूसहित कञ्चनपुर पुगेका हुन । महानिरीक्षकको टोलीमा ब्युरोका प्रमुख डिआईजी निरजबहादुर शाही, इन्टरपोलका एसपी उमेशराज जोशी, सचिवालयका एसपीद्वय गणेश रेग्मी र रामदत्त जोशी छन् । यस्तै महानगरीय अपराध महाशाखाका डिएसपी रुँगम कुँवर र वरिष्ठ सई गजेन्द्र रावल पनि महानिरीक्षकको टोलीसंगै यहाँ आएका छन् ।

प्रतिक्रिया