रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युतले आइपीओ बिक्री गर्ने अनुमति माग्दै
रसुवा,रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत कम्पनीले आइपीओ बिक्री गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका छन् । दुवै कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । रसुवागढीले १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपीओ बिक्रीका लागि अनुमति मागेको छ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।
दुवै कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । रसुवागढीले १ करोड २ लाख ६३ हजार १५० कित्ता आइपीओ बिक्रीका लागि अनुमति मागेको छ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।
यसअघि रसुवागढीले सञ्चयकर्तालाई १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सन् २०२० भित्र १११ मेगावाट विद्युत उत्पादन गरिसक्ने लक्ष्य लिएको छ ।
यस्तै, सान्जेन जलविद्युत कम्पनी पनि आइपीओ ल्याउने तयारीमा लागेको छ । कम्पनीले ५४ लाख ७५ हजार कित्ता आइपीओ ल्याउन धितोपत्र बोर्डमा निवेदन दिएको छ । यसमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ । यसअघि सान्जेनले सञ्चयकर्ताका लागि ७१ लाख १७ हजार ५०० कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।
सान्जेन जलविद्युत कम्पनी चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनी हो । सान्जेनले ४२.५ मेगावाट क्षमताको सान्जेन हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट र १४.८ मेगावाटको अपर सान्जेन हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट गरि दुई वटा योजना बिकास गर्दैछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया