राष्ट्र बैंकको दवाबपछि बैंकहरुले गरे व्याजदर घटाउने निर्णय

केही दिनदेखि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई व्याजदर घटाउन दवाब दिए पछि वाणिज्य बैंकहरुले नयाँ भद्र सहमति गरेका छन् । बिहीबार मात्र राष्ट्र बैंकले नेपाल बैंकर्स संघका प्रतिनिधिलाई बोलाएर व्याजदर तत्काल घटाउन निर्देशन दिएका थिए । सो लगत्तै बैंकर्स संघले नयाँ व्याजदरका सम्बन्धमा भद्र हसमति गरेको हो ।
जस अनुसार साधारण बचतको ब्याजदर अधिकतम ६.५ प्रतिशत कायम भएको छ । मुद्दति निक्षेपमा अधिकतम ९.२५ प्रतिशतसम्म व्याज दिन सकिने सहमति बैंकहरुले गरेका छन् । संस्थागत मुद्धती निक्षेपमा भने ८.५ प्रतिशतसम्म मात्र व्याज दिने विषयमा अनौपचारिक सम्झौता भएको एक बैंकरले मेरोलगानीलाई बताए ।
न्यूनतम ब्याज अन्तर २ प्रतिशत राखिने छ । यसले कल डिपोजिटको ब्याजदर साढे ४ प्रतिशतमा झरेको ती बैंकरले बताए । उनका अनुसार एक पटकलाई राष्ट्र बैंकले कर्जा निक्षेपको अनुपात ८० प्रतिशत माथि गएका बैंकहरुलाई कार्वाही नगर्ने भए पछि व्याजदर घटाउन बैंकहरु तयार भएका हुन् ।
शुक्रबारदेखि नै नयाँ व्याजदर लागू हुने गरी छलफल सकिएको हो । अहिले मासिक रुपमा समेत व्याज भुक्तान गर्ने अफरको पनि अब अन्त्य भएको छ । विद्यमान व्यवस्था अनुसार तीन महिनामा मात्र व्याज भुक्तानी हुनेछ ।
बिहीबार दिउँसो मात्र राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल तथा डेपुटी गभर्नरहरु चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले एक रेष्टुरेण्टमा बोलाएर बैंकका प्रमुख कार्यकारीहरुसँग लामो छलफल गरेका थिए । उक्त छलफलका क्रममा गभर्नरले तत्काल नतिजा देखिने गरी व्याजदर घटाउन निर्देशन दिएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने
माघ पहिलो साता मेयर बालेनले राजीनामा दिने
कांग्रेसमा नयाँ नेतृत्व छान्दा पार्टी फुट्ने डर
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु





प्रतिक्रिया