सुर्खेतको गुर्भाकोटमा ट्रयाक्टर दुर्घटना, तीनको मृत्यु, दुई घाइते
विदुर खबर
२०७४ फागुन १५ गते १०:४२
१५ फागुन, काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका-२ देउती डाँडामा ट्रयाक्टर दुर्घटना भएको छ ।
भे१त ६१८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका इन्चार्ज कवी सेन्चुरीले जानकारी दिए ।
दुर्घटनामा गुर्भाकोट-८ का २२ वर्षे फत्तबहादुर विक, सोही ठाउँका २५ वर्षे शसिराम विक र २८ वर्षे नारायण खत्रीको घटनास्थलमै मृत्यु भएको हो । उनीहरु तीनै जनाको दुर्घटना स्थलमै मृत्यु भएको हो । मृतक फत्त चालक हुन् ।
दुर्घटनामा सोही ठाउँका २८ वर्षे टेकबहादर धौलाकोटी र ३२ वर्षे अमर विक घाइते भएका छन् ।
सरिया लोड भएको ट्रयाक्टर गैरिबजारबाट बोटेचौर बजारतर्फ आउँदै गर्दा मालारानी प्रहरी चौकी नजिकै रहेको देउती डाँडामा दुर्घटना भएको हो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया