निम्न रक्तचापबाट डराउनु पर्दैन, तर उच्च रक्तचाप खतरनाक

विदुर खबर २०७४ फागुन १५ गते १०:४२

हाम्रो शरीरले राम्ररी काम गर्नका लागि धेरै खालका पोषक तत्वहरुको आवश्यकता पर्छ । यी सबै तत्वहरु हामीलाई आहाराबाट प्राप्त हुन्छन् ।

Advertisement

शरीरका सबै अंगहरुमा पोषक तत्व पुर्‍याउने काम हाम्रो रगतले गर्छ । जब हाम्रो मुटु धड्किन्छ, यसले हाम्रो शरीरमा रहेको रगतलाई पम्प गरिरहेको हुन्छ । शरीरमा फैलिएका नशाको जालको सहाराले यही रगतले हाम्रो शरीरका अंगहरुसम्म अक्सिजन र अन्य इनर्जि पुर्‍याउँछ ।

नशामा रगत बगिरहेको बेला यसले नशाको किनाराहरुमा दवाव बनाउँछ । रगतको यही दवाव अर्थात प्रेसरलाई ब्लड प्रेसर भनिन्छ । यदि तपाईंको ब्लड प्रेसर बढि भयो भने यसले मुटुले यसलाई पम्प गर्नका लागि बढि मिहिनेत गर्नुपर्छ । यो दवाव आवश्यकताभन्दा बढि भयो भने हार्ट अट्याक वा हृदयघात हुन्छ ।

Advertisement

न्यून रक्तचापको समस्या

यदि तपाईंको ब्लड प्रेसर लो छ भने त्यसलाई त्यति ठूलो समस्या मान्नु पर्दैन । ब्लडप्रेसर लो हुँदा शरीरमा रक्त प्रवाहको गति सुस्त हुन्छ । यसबाट रिंगटा लाग्ने, कमजोरी, दृष्टि धमिलो हुने र सास फेर्न असजिलो हुने जस्ता समस्याहरु हुन सक्छन् । तर, सामान्य काम तथा आहाराद्वारा यसलाई ठिक बनाउन सकिन्छ । बीपी लो भएको महुस हुनासाथै तुरुन्त एक कप चिया वा कफी पिउँदा पनि राहत मिल्छ ।

Advertisement

यदि कसैलाई स्थाई रुपमा नै लो ब्लड प्रेसरको समस्या छ भने ब्रेनसम्म अक्सिजन तथा अन्य जरुरी पोषक तत्वहरु पुग्न सक्दैन, जसले शरीरलाई निकै नोक्सानी पुग्छ ।

सामान्य ब्लड प्रेसर १२०/८० लाई मानिन्छ । तर, सबैको ब्लड प्रेसर सँधै यति नै हुन्छ भन्ने छैन । यदि कुनै व्यक्तिको सिस्टोलिक बीपी -हाइयर साइड) ९० भन्दा कम र डाइस्टोलिक -लोअर साइड) ६० भन्दा कम भयो भने यसलाई लो बीपी मानिन्छ । त्यो पनि यस्तो स्थितिमा कि ब्लड प्रेसर सामान्यतया यही लेभलमा रहन्छ । यद्यपि कतिपय मानिसहरु निर्धारित सिमारेखाभन्दा कम ब्लड प्रेसर हुँदा पनि पूर्ण त स्वस्थ र सक्रिय नै रहेन्छन् ।

उच्च रक्तचाप खतरनाक

जब कसैको रक्तचाप १४०/९० भन्दा बढि छ, यस्तो स्थितिलाई उच्च रक्तचाप वा हाइपरटेन्सन भनिन्छ । यसको अर्थ यो हो कि धमनीहरुमा उच्च तनाव छ ।

उच्च रक्तचापको अर्थ अत्यधिक भावनात्मक तनाव हुनु होइन । भावनात्मक तनाव र दवावले अस्थाईरुपमा रगतको चाप बढाउँछ । सामान्यतया रक्तचाप १२०/८० सम्म नै हुनुपर्छ । १३९/८९ को बीचक रगतको दबावलाई प्री-हाइपरटेन्सन भनिन्छ र १४०/९० भन्दा माथिको रक्तचापलाई उच्च मानिन्छ ।

उच्च रक्तचापले मुटुरोगदेखि मस्तिष्क बिगि्रनेसम्मका खतरा हुन्छन् ।

किन हुन्छ रक्तचाप गडबडी

ब्लडप्रेसर लो हुनुका धेरै कारणहरु हुन सक्छन् । डिहाइड्रेसन अर्थात् शरीरमा पानीकोउ कमि, जसले गर्दा लामो समयसम्म उल्टी, पखाला जस्ता समस्या हुन सक्छन् । बढि एक्सरसाइज, शारीरिक श्रम वा लू लाग्दा पनि यस्तो हुन सक्छ । यसबाट दृष्टिमा धमिलोपन र बेहोशी जस्ता लक्षण पनि देखिन्छन् ।

बढि रगत बग्यो भने पनि लो ब्लडप्रेसर हुन सक्छ । चाहे कुनै दुर्घटना वा अपरेसनको कारणले ब्लिडिङ किन नहोस । महिलाको डेलिभरीपछि रगतको कमीले गर्दा लो ब्लड प्रेसर हुन सक्छ । यसका अलावा मुटुको मांसपेशीहरु कमजोर भएको अवस्थामा मुटुले निकै कम मात्रामा रगत पम्प गर्न सक्छ । यसबाट शरीरमा रक्त प्रवाह सुस्त गतिमा हुन्छ र व्यक्तिको ब्लड प्रेसर लो हुन्छ । यसका अलावा जब थाइराइड ग्ल्यान्डबाट हार्मोन बन्न कम हुन्छ, त्यतिबेला पनि बीपी लो हुन सक्छ ।

उच्च रक्तचापबाट बचावट

ब्लड प्रेसर बढ्नुको सबैभन्दा ठूलो कारण हो अधिक मात्रामा नूनको सेवन । यसबाट मुटुको समस्या हुने खतरा बढ्छ । यस्तो आहारा लिनुस जसले शरीरमा कोलस्ट्रोलको स्तर नियन्त्रित रहोस, किनकी कोलस्ट्रोलको स्तरले मुटुको स्वास्थ्यलाई प्रभावित बनाउँछ ।

स्याउ र सुन्तला जस्ता फल, प्याज, ब्रोकाउली जस्ता तरकारी र माछाको सेवन गर्नुस । मुटुका रोगीहरुका लागि ‘रिस’ घातक हुन सक्छ । तनाव हटाउनका लागि हरसम्भव प्रयास गर्नुस । मेडिटेसन र योगाको सहारा पनि लिन सक्नुहुन्छ ।

अधिक मात्रामा मादक पदार्थको सेवनले ब्लड प्रेसर बढ्छ । जसले गर्दा पछि वजन बढ्छ र हृदयघात हुने सम्भावना उत्पन्न हुन्छ । आफ्नो स्वास्थ्य तथा रहन सहनमा ध्यान दिएर तपाईं मुटुसम्वन्धि समस्याहरुबाट बच्न सक्नुहुन्छ ।

निम्न रक्तचापबाट बचावट

यदि तपाईंलाई लो बीपीको समस्या छ भने अहिले पनि जुरुक्कै नउठ्नुस । यसबाट चक्कर लाग्ने र लड्ने खतरा हुन्छ । सँधै बिस्तारै-बिस्तारै आफ्नो पोस्चरमा परिवर्तन ल्याउनुस । साथै असमय र हेभि डाइटबाट बच्नुस । यसबाट बीपी लो हुन्छ किनकी यस्तो स्थितिमा पाचन तन्त्रतर्फ रगतको प्रवाह तीव्र रुपमा हुन्छ तर शरीरका अन्य हिस्साहरुमा यसको गति सुस्त हुन्छ । यसमा व्यक्तिलाई आलस्य महसुस हुन्छ । लो बीपीको समस्या हुँदा तपाईं आफ्नो डाइटमा कार्बोहाइड्रेटयुक्त खाद्य पदार्थ जस्तै आलू, चामल, पास्ता, रोटी आदिको मात्रा कम गर्नुस । तनावले ब्लड प्रेसर बढ्न पनि सक्छ र घट् पनि सक्छ । त्यसैले तनावबाट बच्नुस । आफ्नो डाइटमा नियमितरुपमा हरियो पत्तेदार तरकारीका अलावा केरा, तरभुज, अनार र अंगूर जस्ता फलहरुलाई सामेल गर्नुस। । चुकन्दरको जूसको नियमित सेवनले पनि ब्लड प्रेसरलाई सन्तुलित बनाउँछ । आफ्नो डाइटमा जूस, मोही, लस्सी जस्ता तरल पदार्थको मात्रा बढाउनुस र पानी खुब पिउनुस । लो ब्लड प्रेसर हुँदा ब्रत बस्ने काम नगर्नुस र धेरै समयसम्म पेट खाली नराख्नुस । दुई-तीन घन्टाको अन्तरालमा केही खाइरहनुस ।

प्रतिक्रिया