निम्न रक्तचापबाट डराउनु पर्दैन, तर उच्च रक्तचाप खतरनाक
हाम्रो शरीरले राम्ररी काम गर्नका लागि धेरै खालका पोषक तत्वहरुको आवश्यकता पर्छ । यी सबै तत्वहरु हामीलाई आहाराबाट प्राप्त हुन्छन् ।
शरीरका सबै अंगहरुमा पोषक तत्व पुर्याउने काम हाम्रो रगतले गर्छ । जब हाम्रो मुटु धड्किन्छ, यसले हाम्रो शरीरमा रहेको रगतलाई पम्प गरिरहेको हुन्छ । शरीरमा फैलिएका नशाको जालको सहाराले यही रगतले हाम्रो शरीरका अंगहरुसम्म अक्सिजन र अन्य इनर्जि पुर्याउँछ ।
नशामा रगत बगिरहेको बेला यसले नशाको किनाराहरुमा दवाव बनाउँछ । रगतको यही दवाव अर्थात प्रेसरलाई ब्लड प्रेसर भनिन्छ । यदि तपाईंको ब्लड प्रेसर बढि भयो भने यसले मुटुले यसलाई पम्प गर्नका लागि बढि मिहिनेत गर्नुपर्छ । यो दवाव आवश्यकताभन्दा बढि भयो भने हार्ट अट्याक वा हृदयघात हुन्छ ।
न्यून रक्तचापको समस्या
यदि तपाईंको ब्लड प्रेसर लो छ भने त्यसलाई त्यति ठूलो समस्या मान्नु पर्दैन । ब्लडप्रेसर लो हुँदा शरीरमा रक्त प्रवाहको गति सुस्त हुन्छ । यसबाट रिंगटा लाग्ने, कमजोरी, दृष्टि धमिलो हुने र सास फेर्न असजिलो हुने जस्ता समस्याहरु हुन सक्छन् । तर, सामान्य काम तथा आहाराद्वारा यसलाई ठिक बनाउन सकिन्छ । बीपी लो भएको महुस हुनासाथै तुरुन्त एक कप चिया वा कफी पिउँदा पनि राहत मिल्छ ।
यदि कसैलाई स्थाई रुपमा नै लो ब्लड प्रेसरको समस्या छ भने ब्रेनसम्म अक्सिजन तथा अन्य जरुरी पोषक तत्वहरु पुग्न सक्दैन, जसले शरीरलाई निकै नोक्सानी पुग्छ ।
सामान्य ब्लड प्रेसर १२०/८० लाई मानिन्छ । तर, सबैको ब्लड प्रेसर सँधै यति नै हुन्छ भन्ने छैन । यदि कुनै व्यक्तिको सिस्टोलिक बीपी -हाइयर साइड) ९० भन्दा कम र डाइस्टोलिक -लोअर साइड) ६० भन्दा कम भयो भने यसलाई लो बीपी मानिन्छ । त्यो पनि यस्तो स्थितिमा कि ब्लड प्रेसर सामान्यतया यही लेभलमा रहन्छ । यद्यपि कतिपय मानिसहरु निर्धारित सिमारेखाभन्दा कम ब्लड प्रेसर हुँदा पनि पूर्ण त स्वस्थ र सक्रिय नै रहेन्छन् ।
उच्च रक्तचाप खतरनाक
जब कसैको रक्तचाप १४०/९० भन्दा बढि छ, यस्तो स्थितिलाई उच्च रक्तचाप वा हाइपरटेन्सन भनिन्छ । यसको अर्थ यो हो कि धमनीहरुमा उच्च तनाव छ ।
उच्च रक्तचापको अर्थ अत्यधिक भावनात्मक तनाव हुनु होइन । भावनात्मक तनाव र दवावले अस्थाईरुपमा रगतको चाप बढाउँछ । सामान्यतया रक्तचाप १२०/८० सम्म नै हुनुपर्छ । १३९/८९ को बीचक रगतको दबावलाई प्री-हाइपरटेन्सन भनिन्छ र १४०/९० भन्दा माथिको रक्तचापलाई उच्च मानिन्छ ।
उच्च रक्तचापले मुटुरोगदेखि मस्तिष्क बिगि्रनेसम्मका खतरा हुन्छन् ।
किन हुन्छ रक्तचाप गडबडी
ब्लडप्रेसर लो हुनुका धेरै कारणहरु हुन सक्छन् । डिहाइड्रेसन अर्थात् शरीरमा पानीकोउ कमि, जसले गर्दा लामो समयसम्म उल्टी, पखाला जस्ता समस्या हुन सक्छन् । बढि एक्सरसाइज, शारीरिक श्रम वा लू लाग्दा पनि यस्तो हुन सक्छ । यसबाट दृष्टिमा धमिलोपन र बेहोशी जस्ता लक्षण पनि देखिन्छन् ।
बढि रगत बग्यो भने पनि लो ब्लडप्रेसर हुन सक्छ । चाहे कुनै दुर्घटना वा अपरेसनको कारणले ब्लिडिङ किन नहोस । महिलाको डेलिभरीपछि रगतको कमीले गर्दा लो ब्लड प्रेसर हुन सक्छ । यसका अलावा मुटुको मांसपेशीहरु कमजोर भएको अवस्थामा मुटुले निकै कम मात्रामा रगत पम्प गर्न सक्छ । यसबाट शरीरमा रक्त प्रवाह सुस्त गतिमा हुन्छ र व्यक्तिको ब्लड प्रेसर लो हुन्छ । यसका अलावा जब थाइराइड ग्ल्यान्डबाट हार्मोन बन्न कम हुन्छ, त्यतिबेला पनि बीपी लो हुन सक्छ ।
उच्च रक्तचापबाट बचावट
ब्लड प्रेसर बढ्नुको सबैभन्दा ठूलो कारण हो अधिक मात्रामा नूनको सेवन । यसबाट मुटुको समस्या हुने खतरा बढ्छ । यस्तो आहारा लिनुस जसले शरीरमा कोलस्ट्रोलको स्तर नियन्त्रित रहोस, किनकी कोलस्ट्रोलको स्तरले मुटुको स्वास्थ्यलाई प्रभावित बनाउँछ ।
स्याउ र सुन्तला जस्ता फल, प्याज, ब्रोकाउली जस्ता तरकारी र माछाको सेवन गर्नुस । मुटुका रोगीहरुका लागि ‘रिस’ घातक हुन सक्छ । तनाव हटाउनका लागि हरसम्भव प्रयास गर्नुस । मेडिटेसन र योगाको सहारा पनि लिन सक्नुहुन्छ ।
अधिक मात्रामा मादक पदार्थको सेवनले ब्लड प्रेसर बढ्छ । जसले गर्दा पछि वजन बढ्छ र हृदयघात हुने सम्भावना उत्पन्न हुन्छ । आफ्नो स्वास्थ्य तथा रहन सहनमा ध्यान दिएर तपाईं मुटुसम्वन्धि समस्याहरुबाट बच्न सक्नुहुन्छ ।
निम्न रक्तचापबाट बचावट
यदि तपाईंलाई लो बीपीको समस्या छ भने अहिले पनि जुरुक्कै नउठ्नुस । यसबाट चक्कर लाग्ने र लड्ने खतरा हुन्छ । सँधै बिस्तारै-बिस्तारै आफ्नो पोस्चरमा परिवर्तन ल्याउनुस । साथै असमय र हेभि डाइटबाट बच्नुस । यसबाट बीपी लो हुन्छ किनकी यस्तो स्थितिमा पाचन तन्त्रतर्फ रगतको प्रवाह तीव्र रुपमा हुन्छ तर शरीरका अन्य हिस्साहरुमा यसको गति सुस्त हुन्छ । यसमा व्यक्तिलाई आलस्य महसुस हुन्छ । लो बीपीको समस्या हुँदा तपाईं आफ्नो डाइटमा कार्बोहाइड्रेटयुक्त खाद्य पदार्थ जस्तै आलू, चामल, पास्ता, रोटी आदिको मात्रा कम गर्नुस । तनावले ब्लड प्रेसर बढ्न पनि सक्छ र घट् पनि सक्छ । त्यसैले तनावबाट बच्नुस । आफ्नो डाइटमा नियमितरुपमा हरियो पत्तेदार तरकारीका अलावा केरा, तरभुज, अनार र अंगूर जस्ता फलहरुलाई सामेल गर्नुस। । चुकन्दरको जूसको नियमित सेवनले पनि ब्लड प्रेसरलाई सन्तुलित बनाउँछ । आफ्नो डाइटमा जूस, मोही, लस्सी जस्ता तरल पदार्थको मात्रा बढाउनुस र पानी खुब पिउनुस । लो ब्लड प्रेसर हुँदा ब्रत बस्ने काम नगर्नुस र धेरै समयसम्म पेट खाली नराख्नुस । दुई-तीन घन्टाको अन्तरालमा केही खाइरहनुस ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया