गैरकानुनी तवरले निकासी गर्न लागेको सामान बरामद
विदुर खबर
२०७५ मंसिर १४ गते २:१९
रसुवा, उत्तरी नाका रसुवागढीबाट आयात गरिएका चिनियाँ सामग्री गैरकानुनी तवरले निकासी गर्न लागेको अवस्थामा सशस्त्र प्रहरीको राजश्व गस्तीले आज साँझ बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा २१ नम्बर गुल्म टिमुरेका गुल्मपति जीवन केसीका अनुसार भन्सार कार्यालय टिमुरेले सामान परीक्षण गर्ने स्थलबाट अवैध तरिकाले भोटेकोशीको तीरैतीर भरियाद्वारा निकासी गर्न खोजेको अवस्थामा रु १५ लाख मूल्य बराबरको सामग्री बरामद गरेको हो ।
बरामद भएको सामानमा ५० बाकस जुत्ता र छ बोरा टोपी छन् । बरामद भएका सामान आजै भन्सार कार्यालयलाई बुझाइएको बताइएको छ । गस्तीले देखेपछि भरिया भागेको र सामानधनीको खोजी तीव्र पारिएको गुल्मपति केसीले जानकारी दिनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













वडाध्यक्ष रिमाल बिदुर नगर सभापतिको दौडमा
नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक
क्षणभरमै माटोमा मिल्यो जीबन, बस्ति र संरचना





प्रतिक्रिया