प्रदेश ३ मा कानून बनाउन गृहकार्य
१५ फागुन, हेटौंडा । कानून अभावमा सरकार तथा सांसदले काम गर्न समस्या परेपछि प्रदेश ३ को प्रदेशसभाले २३ वटा कानून निर्माणको थालनी गरेको छ ।
कानून निर्माणको विषयमा जानकारी दिँदै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभाले डेढ महिनाभित्र कानून निर्माण गरिसक्ने बताए ।
सरकारले सदनमा पेश गर्नको लागि तयार पारेको २३ वटा कानून तथा नियमावली मध्ये प्रदेशसभा नियमावली पारित भैसकेको भन्दै मन्त्री जम्कट्टेलले केहि कानूनहरु फास्ट ट्रयाकको माध्ययमाबाट पनि निर्माण गरिने जानकारी दिए ।
प्रदेश सरकारले मुख्य न्यायाधिवक्ताको काम, कर्तब्य तथा अधिकारका सन्र्दभको कानून, प्रदेश प्रमुख र प्रदेश सरकारको नाममा हुने निर्णय वा आदेश सम्बन्धी अधिकार पत्रको कानून, प्रदेश सरकारको कार्य सञ्चालन र कार्यविभाजन नियमावली सहित २३ वटा कानून निर्माणको लागि छलफल तीब्र बनाइएको र सम्बन्धित मन्त्रालयमा काम भैरहेको मन्त्री जम्कट्टेलले बताए ।
यसैगरी स्थानीय तहको निर्वाचन भएको दश महिना बितिसक्दा पनि स्थानीय तहको प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरुको सेवा सुबिधाको बिषयमा केही निर्णय नभएको बताउँदै मन्त्री जम्कट्टेलले अब बन्ने कानूनले सबै स्थानीय तहका जनप्रतिनिधीहरुको सेवा र सुबिधा सम्बन्धी कानून पनि निर्माण हुने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया