नयाँ अर्थमन्त्रीले घटाउलान् त घरजग्गाको मूल्य ?
१५ फागुन, काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडा गभर्नरका रुपमा राष्ट्र बैंकमा रहँदा घरजग्गा कारोबारमा कडाइ गरेका थिए । अहिले उनी अर्थमन्त्रीका रुपमा आइसकेपछि धेरैले घरजग्गाको भाउ घट्ने अनुमान गरेका छन् ।
अर्थमन्त्री खतिवडाले घरजग्गाको कारोबार नियन्त्रणका लागि प्रयास गर्ने नै छन् । तर, यसमा धेरै कडाइ गर्न सक्ने अवस्था भने नरहने देखिन्छ । घरजग्गा कारोबारका नाममा अनुत्पादक क्षेत्रमा लागनी भइरहेको भन्दै अर्थमन्त्री खतिवडा उत्पादनमूलक क्षेत्रको लगानीमा जोड दिनुपर्ने पक्षमा छन् ।
राष्ट्र बैंकको नियम अनुसार बैंकहरुले कुल कर्जाको १५ प्रतिशत रकम रियल इस्टेटमा र आवासीय घरजग्गासहित कुल २५ प्रतिसम्म मात्र लगानी गर्न सक्ने अवस्था छ । पहिले बैंकहरुले घरजग्गा क्षेत्रमा कुल कर्जाको ४० प्रतिशतसम्म लगानी गर्न सक्थे ।
‘हालै मात्र हामीले काठमाडौं क्षेत्रमा बैंकहरुले दिने कर्जाको सीमा घटाएको छौं, यो भन्दा धेरै घटाउन गाह्रो हुन्छ,’ राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले भने ।
“घरजग्गा कारोबारका नाममा अनुत्पादक क्षेत्रमा लागनी भइरहेको भन्दै अर्थमन्त्री खतिवडा उत्पादनमूलक क्षेत्रको लगानीमा जोड दिनुपर्ने पक्षमा छन् ।”
अहिले काठमाडौंभित्र घरजग्गाको कर्जा लिन चाहानेले बैंकहरुबाट मूल्यको ४० प्रतिशतसम्म र काठमाडौं बाहिर ५० प्रतिशतसम्म पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यो भन्दा धेरै घटाउँदा यसको सन्देश खराब जाने उनको भनाइ छ ।
यसअघि ग्राहकले कुनै पनि क्षेत्रमा आवासीय घरजग्गा किन्दा व्यक्तिगत रुपमा ४० प्रतिशतदेखि व्यवसायिक प्रयोजनका लागि ५० प्रतिशतसम्म रकम हाले पुग्थ्यो । राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराईका पालाबाट यो सीमा तोक्न थालिएको हो ।
बैंकहरुले यस्तो कर्जा खराब हुँदा प्रावधानका रुपमा राख्नुपर्ने रकमको सीमा राष्ट्र बैंकले बढाएको छ । साथै बैंकहरुको कुल कर्जा लगानीको आधारमा सीमा घटाएर पनि नियन्त्रण गर्ने प्रयास गर्दै आएको छ ।
अहिले अर्थमन्त्रालयले यसमा धेरै कडाइ गर्न सक्ने अवस्था छैन । तर, बैंकहरुको चुक्ता पुँजीमा भएको वृद्धिसँगै कुल कर्जाका आधारमा भने यो सीमामा कडाइ गर्न सक्ने सम्भावना छ ।
हाल चुक्ता पुँजी वृद्धिसँगै बैंकहरुको व्यवसाय पनि बढ्ने भएकाले यसमा थप केही कडाइ गर्न सक्ने अवस्था भने रहन्छ । यद्यपि यो सजिलो भने छैन ।
विगतमा यसलाई पनि कडाइ भने गरिएको थियो । विसं ०६७/६८ मा राष्ट्र बैंकले जग्गामा बैंकहरुले अधिकतम १० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था गरेको थियो । तर, यो नीतिपछि सो समय घरजग्गाकै कारोबारमा मन्दी आएको र यसको कारण बैंकहरुको खराब कर्जामा समेत वृद्धि भएको थियो ।
यही कारण राष्ट्र बैंकले केही खुकुलो नीति अपनायो । पछि घरजग्गा कर्जालाई रियल इस्टेट र आवासीय कर्जाको रुपमा वर्गीकरणसमेत गरियो । यसबीच आवासीय कर्जाको रुपमा प्रतिव्यक्तिमा जारी गर्न सकिने कर्जा सीमा पनि ८० लाख रुपैयाँबाट बढाएर एक करोड पुर्याइएको थियो ।
“यसअघि ग्राहकले कुनै पनि क्षेत्रमा आवासीय घरजग्गा किन्दा व्यक्तिगत रुपमा ४० प्रतिशतदेखि व्यवसायिक प्रयोजनका लागि ५० प्रतिशतसम्म रकम हाले पुग्थ्यो । राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराईका पालाबाट यो सीमा तोक्न थालिएको हो ।”
हालै, राष्ट्र बैंकले अधिविकर्ष कर्जामा समेत कडाइ गरेर कुल कर्जाको १५ प्रतिशतभित्र ल्याउन निर्देशन दिएको छ । बैंकहरुको व्यवसायमा कडाइ बढिरहेकाले थप कडाइ गर्न समस्या हुनेछ ।
हालै मात्र पनि राष्ट्र बैंकले सवारी कर्जामा समेत कडाइ नगरेका होइनन् । तर, सरकारको राजस्व संकलनमा कमी आउन थालेपछि अर्थमन्त्रालयबाटै लबिङ आएका कारण यसलाई केही सहजता दिइएको छ ।
बैंकहरुबाट कृषिमा जाने कर्जाको पनि दुरुपयोग भएर घरजग्गामा लगानी हुने गरेको पाइएको छ । यसमा अर्थमन्त्रालयले केही दबाव दिन सक्नेछ । कृषि क्षेत्रको कर्जालाई घटाउने भन्दा पनि यस्तो कर्जाको परिभाषामा स्पष्टता ल्याउने काम भने गरिन सक्ने सम्भावना छ ।
सरकारले भूउपयोगमा लिने नीतिले भने यसको कारोबार प्रभावित हुन सक्ने विज्ञहरु बताउँछन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया