नेविसंघ कार्यकर्ता र कांग्रेस नेताबीच भनाभन,पार्टी मुख्यालयमा नाराबाजी

नुवाकोट,महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने र तदर्थ समिति गठन गरेर अघि बढ्नुपर्ने माग गर्ने नेविसंघका दुई समूहबीच नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा नाराबाजी भएको छ।
पूर्वमन्त्री समेत रहेका केन्द्रीय सदस्य वीरबहादुर बलायरले शान्त बस्न आग्रह गर्दा नाराबाजीमा उत्रिएका विद्यार्थी र नेता बलायरबीच भनाभन हुनुका साथै झण्डै-झण्डै हात हालाहालको अवस्था सिर्जनाभएको थियो। नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु हुन लाग्दा बैठकस्थल बाहिर नेविसंघका दुई समूह नाराबाजीमा उत्रिएका हुन्।
आइतबारदेखि सकिन लागेको वर्तमान समितिका विषयमा निर्णय गर्न पार्टी केन्द्रीय कार्यसमिति बैठक बस्न लाग्दा विद्यार्थी नाराबाजीमा उत्रेका थिए।नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको समूहले पार्टीले विधान कब्जामा राखेको भन्दै सार्वजनिक गर्न माग गर्दै नाराबाजी गरेका थिए भने अर्का समूहका विद्यार्थीले महाधिवेशन हुने वातावरण बनाउन माग गरेका थिए।
पार्टी केन्द्रीय समितिको बैठक सुरु हुन सकेको छैन। कार्यालय परिसरमा दुवै पक्षका विद्यार्थीको नाराबाजी जारी छ। पार्टी सभापति देउवा पक्षका विद्यार्थी नेता यही समितिलाई निरन्तरता दिनुपर्ने पक्षमा भएकाले माैन छन् भने रामचन्द्र पौडेल पक्षधर नेता वर्तमान कार्यसमिति भङ्ग गरी नयाँ कार्यसमिति बनाउनुपर्ने भन्दै नाराबाजीमा छन्। यसका साथै नयाँ बन्ने कार्यसमितिको नेतृत्व आफू पक्षीय नेताले पाउनुपर्ने बताएका छन्।सिटौला पक्षका नेताचाहिँ वर्तमान कार्यसमितिलाई केही समय अवधि बढाउन माग गरेका छन्।नेविसंघ कार्यकर्ताहरुले ‘टीके प्रथा मानिँदैन’ लगायतका नाराबाजी गरेका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया