काठमाडौंबाट रसुवागढी हिँडेको स्कार्पियोमा २८ हजार ६ सय अमेरिकी डलर, दुई जना पक्राउ
रसुवा- अवैध रूपमा अमेरिकी डलर ओसारपसार गर्ने दुई जना रसुवामा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–७ टाँडीका ५३ वर्षीय श्रीराम चौधरी र रौतहट गुजरा नगरपालिका–९ सिम्म्रा भवानीपुरका ३२ वर्षीय विकास प्रसाद चौधरी रहेका छन्। उनीहरू शनिबार बिहान पौने ९ बजे पक्राउ परेका हुन्।
काठमाडौँबाट रसुवागढी जाँदै गरेको बा १ य १४४६ नम्बरको स्कार्पियोमा नियमित चेकजाँचको क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका ६ त्रिशूली खोलाबाट २८ हजार ६ सय अमेरिकी डलरसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले बताए।
पक्राउ परेका दुवैलाई राजस्व अनुसन्धानमा बुझाइने तामाङले बताए। श्रीराम चौधरीको साथबाट २६ हजार ८ सय र विकास प्रसाद चौधरीको साधबाट १ हजार ८ सय अमेरिकी डलर बरामद गरिएको प्रहरीले जनाएको छ। रसुवामा बसाइसराइँ गरेर उनीहरूले ‘चाइना पास’ समेत बनाएका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया