यूएईको ग्यास केन्द्रमा मिसाइल खस्दा एक जनाको मृत्यु, ४ जना घाइते
नुवाकोट । यूएईको अबुधाबीस्थित एक ग्यास केन्द्रमा ड्रोन र मिसाइलका अवशेष खस्दा एक जनाको मृत्यु भएको छ । केही व्यक्ति घाइते भएका छन् ।

हब्शन ग्यास प्लान्टमा आगलागी हुँदा दुई पाकिस्तानी र दुई इजिप्टेली नागरिक घाइते भएका हुन् भने एक जना इजिप्टका नागरिकको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
गल्फन्युजका अनुसार हवाई सुरक्षा प्रणालीले प्रतिरक्षा गर्दा अवशेष ग्यास केन्द्रमा खसेका थिए । सोही क्रममा साइट खाली गराउने क्रममा इजिप्टेली नागरिकको मृत्यु भएको हो ।
घाइते भएका चार जनाको अवस्था भने सामान्य भएको समाचारमा उल्लेख छ । उनीहरुलाई तत्कालै उद्धार गरी अस्पताल पुर्याइएको छ ।

यसअघि शुक्रबार, प्रतिरक्षाका क्रममा अजबान क्षेत्रमा खसेको भग्नावशेषका कारण ७ जना नेपालीसहित १२ जना घाइते भएका थिए । घाइतेमध्ये एक नेपालीको अवस्था चिन्ताजनक रहेको छ ।
अन्य ५ जना घाइते भारतीय नागरिक हुन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु 





प्रतिक्रिया