आजको मौसम : चट्याङसहित वर्षा सम्भावना
विदुर खबर
२०८२ चैत १७ गते ८:००
नुवाकोट । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसका कारण लुम्बिनी र सुदूरपश्चिमसहित विभिन्न प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा छ।
आज दिउँसो कोशी र मधेस प्रदेशसहित पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ। केही स्थानमा चट्याङ्ग र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
रातिको समयमा पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने जनाइएको छ।
तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध
मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी





प्रतिक्रिया