एसईईका लागि रसुवामा ६ केन्द्र तोकिए

रसुवा । रसुवाबाट यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५ सय ५७ विद्यार्थी सहभागी हुने भएका छन् ।

आगामी चैत १९ गतेदेखि देशभर एकसाथ सुरु हुने परीक्षामा जिल्लाबाट कुल ५५७ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई रसुवाले जनाएको छ ।
इकाईका सूचना अधिकारी जीवन दाहालका अनुसार नियमिततर्फ ४७६ र ग्रेड वृद्धितर्फ ८१ जना परीक्षार्थी एसईईमा सहभागी हुनेछन् । यस वर्ष रसुवामा ६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । विद्यार्थीलाई सहज हुने गरी पायक पर्ने स्थानमा परीक्षा केन्द्र तोकिएको छ ।
निर्धारण गरिएका केन्द्रहरूमा रसुवा माध्यमिक विद्यालय, धुन्चे; स्यामेवाङफेल माध्यमिक विद्यालय, स्याफ्रुबेंसी; कालिका हिमालय माध्यमिक विद्यालय, कालिकास्थान; निलकण्ठ माध्यमिक विद्यालय, बोगटिटार; निलकण्ठ नमुना माध्यमिक विद्यालय, जिवजिवे र गौतम बुद्ध माध्यमिक विद्यालय, फाम्चेत रहेका छन् ।
प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीका लागि निलकण्ठ माध्यमिक विद्यालय, बोगटिटार र गोसाइँकुण्ड माध्यमिक विद्यालय, सरस्युमा परीक्षा केन्द्र व्यवस्था गरिएको छ । यसअन्तर्गत नियमिततर्फ ५५ जना विद्यार्थी सहभागी हुनेछन्, जसमा बोगटिटारबाट १९ र सरस्युबाट ३६ जना रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवामा एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने चारजना पक्राउ
रसुवागढी नाकाबाट लागुपदार्थसहित एक जना पक्राउ
एसईईका लागि रसुवामा ६ केन्द्र तोकिए
आजको मौसम : चट्याङ्गसहित वर्षाको सम्भावना
पाल्पामा टिपर दुर्घटना: चारको मृत्यु, एक गम्भीर घाइते





प्रतिक्रिया